Ad image

सरिकोट पोलिटेक्निकल इन्ष्टिच्यूटको (SIYB) प्रशिक्षक तथा प्रशिक्षण तालिमको समापन

मालश्री खबर
मालश्री खबर १८ पुष २०७९, सोमबार
3 Min Read
Aa

मालश्री खबर, पुस १८, रोल्पा । आफनो व्यवसाय सुरु तथा सुधार गर्नुहोस, Start And Improve Your Business (SIYB) भन्नेमुल नाराका साथ प्रशिक्षक तथा प्रशिक्षण तालिमको समापन आज गरिएको छ । कार्यक्रमको अध्यक्षमा सरिकोट पोलिटेक्निकल इन्ष्टिच्यूटका कार्यकारी निर्देशक गणेश खड्का रहनुभएको थियो । कार्यक्रमको प्रमुख अथितिमा घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद शर्मा रहनुभएको थियो ।

अन्य अथितिमा प्रशिक्षक भिम बस्नेत, कम्प्युटर प्रशिक्षक सन्तोष बुढा, रेडियो मालश्रीका राजेश समर्पण नेपाली लगाएत इन्ष्टिच्यूटमा अध्ययनरत बिद्यार्थिको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य इडिएफका बिद्यार्थि उर्मिला गिरीले गर्नुभएको थियो । कार्यक्रमका अथितिहरुलाई माला तथा अबिर ल्यापन समेत गरिएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अथितिहरुले उद्यम बिकास सहजकर्ता बिषयलाई यहाँका जनप्रतिनिधिले नबुझेको भनाई रहेको छ । कार्यक्रमको सञ्चालन शिक्षक खिमा खड्काले गर्नुभएको थियो । यो बिषयलाई सरकारी निकायले पनि बुझ्न समेत सरिकोट पोलिटेक्निकल इन्ष्टिच्यूटका कार्यकारी निर्देशक गणेश खड्काले बताउनुभएको छ ।

- Advertisement -
Ad image

उहाँले रोल्पाका उद्यम बिकासको महत्वबारेमा उहाँ अध्यययरत बिद्यार्थिले पनि बुझाउन सक्ने र हामीले पनि जनप्रतिनिधिहरुलाई बुझाउन जरुरी रहेको बताउनुभएको छ । नेपालभित्रै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । देशभित्रै स्थानीय साधन र स्रोतको सम्भावना रहेको बताउँदै सरकारले प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभएको छ ।

‘त्यसका लागि लघु, घरेलु तथा साना उद्यमहरूको प्रवद्र्धन गर्नुपर्छ,’ उहाँले बताउनुभएको छ । प्रशिक्षक भिम बस्नेतले भन्नुभयो, उद्यम विकास सहजकर्ता पढेका विद्यार्थीको अहिले सरकारी तथा गैरसरकारी संघसंस्थामा माग बढ्न थालेको छ । साधारण शिक्षा अनतर्गतका पलस टु, ब्याचलर देखी माथी अध्ययन गरिसकेका बिध्यार्थीहरु पनि बेरोजगार भई बस्न बाध्यता हुने भएकाले यो शिक्षा अध्ययन पश्चात रोजगारका साथै स्वरोजगार उद्यमी बन्ने सकिने भएकाले यसको अध्ययन प्रती पछिल्लो समय यता बजारमा विद्यार्थीको आकर्षण जानुको साथै उद्यम विकास सहजकर्ताको सम्भावना पनि उत्तिकै बढ्दै गएको उहाँले बताउनुभएको छ ।

प्रशिक्षक बस्नेतले हामीले जिल्लामा सरोकारवालाको बुझाई न्युन भएको बुझेका छौँ अहिले राज्यको संरचना परिबर्तन भएको छ सबै कार्यालयहरु बिकेन्दृकरण भएका छन यहाँ स्थानीय श्रोत र साधन अत्याधिक छ्न यहाँका जनप्रतिनिधिले विभिन्न भौतिक बिकासलाई मात्र बिकास भन्ने तर शैक्षिक तथा उद्यमशिल क्षेत्रमा कम चासो दिएको पाइन्छ । यतिबेला सबैको मुखमुखमा आर्थिक समृद्धिका कुराहरु छन तर समृद्धिका कुनैपनी भिजन ल्याएको पाइदैन उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array