नेपाल कृषि प्रधान देश हो वा होइन, भन्ने अवस्थामा पुगी सकेको छ प्रदेश सांसद – दिपेन्द्र कुमार पुन

मालश्री खबर
मालश्री खबर ७ पुष २०७९, बिहीबार
4 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, पुस ०७, रोल्पा ।
नेपाल कृषि प्रदान देश हो वा हाइन भन्ने अवस्थामा पुगी सकेको लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले बताउनु भएको छ । बिहिबार रोल्पाको सदरमुकाम लिवाङमा लुम्बिनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय वुटवलले आयोजना गरेरको निर्यात योग्य बालीसँग सम्बन्धित सरोकारवालाहरु सँगको अन्तरक्रिया गोष्ठीमा यस्तो कुरा बताउनु भएको हो ।

नेपालमा ०६२/०६३ प्रतिशत नागरिकले कृषि गरेर पनि त्यो उत्पादनले त्यसको एक तिहाइलाई पनि बसेर खान पुग्ने अवस्था नभएको भन्दै प्रदेश सांसद पुनले नेपालमा कृषि क्षेत्र दयनिय अवस्थामा पुगेको बताउनु भयो । भन्नलाई नेपाल कृषि प्रधान देश भनिएपनि नेपालीले आधिकांस कुरा किनेर खाने गरेको बतानु भयो । आज भन्दा चालिस बर्ष पहिला नेपाल बाट चामल कोरिया निर्यात हुन्थ्यो अहिले चालिस बर्ष पछि नेपालले कोरिया बाट चामल आयत गर्ने अवस्थामा पुगेको बताउनु भयो । पछिल्लो पुष्ताका केहि नेपालीहरुले प्राक्टिकल्ली होइन किताबमा थेउरिको रुपमा घोकेर कृषि गरि राखेको समेत उदाहरण दिनु भयो ।

 

यस्तै हुदै जाने हो भने नेपाल कृषि क्षेत्रमा कहिल्यै आत्मनिर्भर हुन नसक्ने समेत प्रदेश सांसद पुनको भनाई रहेको छ । थेउरी र प्राक्टिकलमा ठुलो भिन्नता भएको हुनाले अब नेपाली सबैले थेउरीमा होइन् प्राक्टिकलमा कृषि गर्नु पर्ने सुझाब दिनु भएको छ । नेपालीहरु पछिल्लो समय अल्छी हुन लागेको समेत सांसद पुनले बताउनु भयो ।

 

अहिले नेपालीहरु तिन महिना कृषि काम गरेर नौ महिना बसेर खान खोज्ने गरेको बताउनु भयो । अहिले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले कृषिमा गरेको काम उस्तै भएको हुनाले त्यसको जस अपजस कस्ले लिउने भन्ने कुरामा समेत बिबाद भएको हुनाले अब राज्यका तिन वटै सरकारले फरक-फरक कृषि क्षेत्रमा काम गर्नु पर्ने सुझाव समेत दिनु भएको छ । रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिको अध्यक्षतामा भएको गोष्ठीमा लुम्बिनी प्रदेश भित्र रहेका १२ वटा जिल्लाका अदुवा उत्पादक अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा सहभागि अगुवा कृषकहरुले आफुहरुले उत्पादन गरेको कृषि उपजले बजार नपाएको, बजार पाए पनि राम्रो मुल्य नपाएको, समयमा बिउ पाउन नसकेको गुनासो पोखेका थिए । कृषि निर्देशनालय बुटवलका बरिष्ठ कृषि अर्थ बिज्ञ हरि प्रसाद पण्डितले नेपाल तथा लुम्बिनी प्रदेशमा अदुवाको बर्तमान अवस्था, संभाबना, अवसर र चुनौतीहरुको बारेमा जानकारी गराउनु भएको थियो । बरिष्ठ कृषि अर्थ बिज्ञ हरि प्रसाद पण्डितले बिश्वमै नेपाल अदुवा निर्यात गर्ने राष्ट्र चौथो स्थानमा रहेको बताउदै, लुम्बिनी प्रदेशमा पाल्पा जिल्लामा सबै भन्दा धेरै अदुवा उत्पादन हुने गरेको बताउनु भएको छ ।

 

रोल्पा पनि अदुवा उत्पादन गर्ने लुम्बिनी प्रदेशमै दोस्रो, तेस्रो स्थानमा रहेका बताउनु भयो । आफुहरुको तथ्याङ्क र कृषकले उत्पादन गरेको कुरालाई आधार मानेर रोल्पामा पनि अदुवा उत्पादनको राम्रो क्षेत्र भएको समेत बरिष्ठ कृषि अर्थ बिज्ञ हरि प्रसाद पण्डित जानकारी गराउनु भएको छ । गोष्ठीमा अर्गानिक उत्पादका डाइरेक्टर समिर नेवारले अर्गानिक अदुवा कसरी उत्पाद गर्ने, भण्डारण र बजारिकरण कसरी गर्ने भन्ने बारेमा कृषकहरुलाई जानकारी गराउनु भएको थियो ।

गोष्ठीमा कृषि निर्देशनालय बुटवलका निमित्त कृषि निर्देशक राम प्रसाद पाण्डे, कृषि ज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख अरबिन्दमणी त्रिपाठी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द लगाएत पनि मनतब्य राख्नु भएको आयोजकले जानकारी दिएको छ । गोष्ठीमा रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्यको पनि आतिथ्यता रहेको थियो । गोष्ठीको सहजिकरण कृषि निर्देशनालय बुटवलकी शाखा अधिकृत कल्पना अर्यालले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्