Ad image

चौतर्फी विकासका लागि अनुशासनको पाटो महत्वपुर्ण हुने नगर थापा घर्तिको भनाई

मालश्री खबर
मालश्री खबर २ पुष २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, पुस ०२, रोल्पा । तारा माध्यामिक बिद्यालय बामरुक रोल्पाको ४१ औं बार्षिक अभिभावक भेला कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख  सुरेन्द्र थापा घर्तीले बिद्यालयको चौतर्फी विकासका लागि अनुशासनको पाटो महत्वपुर्ण हुनेमा जोड दिनुभयो । बिद्यार्थी, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति, बिद्यालय प्रशासन लगायत सबैको सहकार्य राम्रो भएन भने बिद्यालयको शैक्षिक गुणस्तर खस्कीने भएको हँुदा सबैको बराबरी जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभयो । बिद्यालयमा भौतिक विकास मात्रै ठुलो कुरा नभई गुणस्तरीय र नैतिक शिक्षाको महत्वपुर्ण खाँचो रहेकोमा जोड दिनुभयो ।

शिक्षकहरुको ब्यवहारीक पक्ष र अभिभावकहरु बिचको सहकार्य राम्रो नभएमा त्यसको असर बिद्यार्थीमा पर्ने भएकाले समग्रमा शिक्षकहरुले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रमका प्रमुख रुपमा रहनुभएको थापा घर्तीले शुभकामना मनतब्य सहित बिद्यालयको केजी कक्षा देखि ९ सम्मका कक्षा प्रथम, द्धितिय, तृतिय र बिद्यालय प्रथम, द्धितिय, तृतिय हुन सफल हुने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।


कार्यक्रममा लालबहादुर कँवरको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ओबिलाल महराले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक कृष्ण घर्तीको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक रामबहादुर कँवरले गर्नुभएको थियो । कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत टंक गीरी, रोल्पा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खुमबहादुर थापा , शिक्षक ब्यवस्थापन समितिका अध्यक्ष अतिराम कँवर लगायत विभिन्न बिद्यालयका प्रमुख प्रतिनिधिहरु, विभिन्न सरोकारवालाहरु, शिक्षक बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image


कार्यक्रममा बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । भने बिद्यालयलाई विभिन्न तवरले सहयोग गर्ने सहयोगीदाताहरुललाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array