Ad image

सुरक्षित गर्भपतन सुदृढिकरण परियोजना अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँगको बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर १ पुष २०७९, शुक्रबार
6 Min Read
Aa

मालश्री खबर, पुस ०१, रोल्पा, उमा बस्नेत । सुरक्षित गर्भपतन सुदृढिकरण परियोजना अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति सँगको बैठक लिवाङमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको हलमा अजि विहान १२ बजेबाट कार्यक्रम सञ्चालन गरिएको थियोे । आई पास नेपालको आर्थिक सहयोग तथा पास—नेपाल, रोल्पाको आयोजनामा उक्त कार्यकम आयोजना गरीएको हो ।
पास नेपाल रोल्पाले सुरक्षित गर्भपतन सम्बन्धि सेवा रोल्पा जिल्लाका विभिन्न ४ गाउँपालिकामा दिइरहेको बताएको छ । जिल्लाका लुंग्री गाउँपालिका, रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिका र थवाङ गाउँपालिकामा यस सम्वन्धी सचेतनाका विभिन्न सवालमा छलफल तथा अन्तरक्रिया गरेको आयोजकले बताएको छ ।


उक्त समिक्ष बैठकमा पास नेपाल रोल्पाले अहिले सम्म सुरक्षित गर्भपतनको सेवाको बारेमा कुन कुन ठाउँमा के कति योगदान पु¥याएको छ त्यसको बारेमा प्रस्तुती समेत गरिएको थियो । पास नेपाल रोल्पाले यी ४ क्षेत्रमा भएका महिलाहरुलाई गर्भपतन सेवा भनेको के हो , अनिश्चित रुपमा गर्भ रहन गएमा सुरक्षित गर्भपतन के कसरी गर्न सकिन्छ, सुचिकृत संस्थाहरु कुन कुन ठाउँमा सञ्चालन भईरहेका छन, त्यहाँ कस्ता खालका सेवा लिन पाईन्छ, कति हप्ता सम्मको गर्भ गर्भपतन गराउन सकिन्छ, हाड नाता तथा बलात्कारबाट गर्भ रहेमा के कस्था कानुनि प्रकृया अपनाउन सकिन्छ, कानुनले गर्भपतन को विषय तथा महिलाको लागी के कस्ता नीति नियम बनाई कार्यान्वयन गरीरहेको छ , गोपनियताको सुनिश्चितता लगाएत विषयमा पालिकासँग समन्वय गरेर त्यस बारेम बृहत रुपमा छलफ गरेको पास नेपाल रोल्पाका जिल्ला संयोजक ममता केसीले बताउनु भयो । सुरक्षित गर्भपतन सुढृदिकरण कार्यक्रम सञ्चालन गरीएको गाउँपालिकामा उल्लेख्यमात्रमा सुधार आएको पनि केसीले बताउनु भयो ।


उहाँले उक्त परियोजना मे महिना बाट यहि डिसेम्बर महिना सम्म रोल्पाका यी पालिकामा कार्यक्रम गरी त्यहाँका सम्पुर्ण किश्वर किश्वरी तथा महिलाहरुलाई सचेत बनाईएको बताउनु भयो । उक्त कार्यक्रम सञ्चालन गर्दा रोल्पा बाट च्यान्पीयन महिला पनि बनाईएको समिक्ष बैठकमा बताईएको छ । ति च्यान्पियन महिलाले अन्य दिनहरुमा सुरक्षित गर्भपतनका विषयमा जानकारी लिन चाहने र सुरक्षित गर्भपतन गराउन चाहाने दम्पति, अविवाहीत महिलालाई परामर्श दिने गरी तयार पारेको समेत छ । त्यसले गर्दा सुरक्षित गर्भपतनको विषयमा सरल र सहज हुने पास नेपालको आँकालन रहेको छ । साथै पास नेपालले उक्त कार्यक्रम सञ्चालन गरीरहेको पालिकाले पालिकामा सुरक्षित गर्भपतन सम्बन्धि सेवालाई प्रभावकारी बनाउनको लागी बजेज समेत विनियोजन गरेका छन् ।

- Advertisement -
Ad image

गाउँपालिकाको त्यस्तो सहरायिन कार्यले समग्र पालिकामा हुने असुरक्षित गर्भपतनको विषयलाई कम बनाउन सहयोग गर्ने अपेक्षा लिएको छ । पास नेपाले विभिन्न सञ्चार माध्यम गर्भपतन सम्बन्धि सुचना प्रसारण गर्नुका साथै विभिन्न आमा समुह, महिला समुह तथा परिवारका अन्य सदस्यसँग बसेर पनि त्यस बारेमा सुचना दिईरहेको बताएको छ ।

पास नेपालको समिक्षा बैठकमा उसले पालिकामा गरेको सम्पुर्ण कामलाई पुर्णता दिएको विभिन्न डाटाहरु पनि प्रस्तुत गरेको थियो ।
साथै पास नेपालले समिक्षा बैठकमा सहभागी भएका जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी, स्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला स्थित महिला अधिकारकर्मी , महिलाहरु, पत्रकारसंग छलफल गरी अब आगामी दिनमा पास नेपालले सुरक्षित गर्भपतनको क्षेत्रमा अझे के गर्न सक्छ भन्ने विषयमा छलफ समेत गरेको थियो ।


उक्त छलफलमा रोल्पा जिल्लाका निमिक्त प्रमुख जिल्ला अधिकारी धु्रबप्रसाद कोईरालाले पास नेपालले गरेको कार्यको तारीफ गर्दै यस कार्यक्रमलाई अझै विस्तृत रुपमा सबै पालिकामा विस्तार गर्न सके रोल्पाका जनसमुदायले थप लाभान्वीत हुने बताउनु भयो । सरकारले गर्ने यी कार्यहरुमा गैरसरकारी संस्थाले पु¥याएको सहयोग अतुलनिय र सधै अपुग भईरहने जानकारी दिनु भयो । गर्भपतन गर्ने विषयमा महिलाहरु अझै पनि खुलेर ढुक्क संग कुरा राख्न नसक्ने भएकाले अझै पनि असुरक्षित गर्भपत भईरहेको बताउनु भयो ।

आजको २१ औ शताब्दीमा आई पुग्दा पनि आफ्नो कुरा राख्न नसक्ने भएकाले कतिपय महिलाले थप समस्या भोग्नु परेको उहाँको भनाई छ । त्यसैले गर्भपतनको विषयमा खुलेर बोल्ने वातावरण बनाउनेमा महिलाको नै बढि भुमिका हुनपर्ने उहाँको भनाईछ । घरमा आफ्नो आमा, दिदि, भाउजु लगाएतले पनि यी समस्यामा खुलेर बोल्नु पर्छ भन्ने माहोल बनाउनु पर्ने अबको आवश्यकता भएको बताउनु भयो । यसले गर्दा असुरक्षित गर्भपतन हुने सम्भावना न्यून भएर जाने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले पनि पास नेपाले गर्भपताको विषयमा ४ वटा पालिकालाई जसरी सुसुचित गरीएको छ त्यसरी अन्य पालिकामा पनि विस्तार गर्न सके यहाँका महिलाहरुलाई लाभ पुग्ने बताउनु भयो । यस्ता कार्यक्रमहरुलाई पालिकाहरुसँग समन्वय गरेर अगाडी बढेमा थप सहज र प्रभाकारी हुने परियारले जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागीहरुले पास नेपालले गरेको कार्यको तारीफ गर्दै सुरक्ष्ति गर्भपतनको विषय सँगसँगै परिवार नियोजनको विषयमा पनि छलफल र सुसुचित गराएमा गर्भपतन गराउनु पर्ने बाध्यता कम भएर जाने बताएका छन् ।

 

विभिन्न विद्यालयमा भएका किश्वर किश्वरीलाई परिवार नियोजनका साधनहरुको बारेमा सुसुचित गराउनु पर्ने उनिहरुको सुझाब रहेको छ । यी
जिल्ला समन्वय समिति रोल्पाका उपम्रमुख कर्मलाल परियारको अध्यक्षतामा सुरु भएको कार्यक्रमको अतिथीमा निमिक्त प्रमुख जिल्ला अधिकारी धु्रबप्रसाद कोईराला रहनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय, यु एस ए आई डि, डिकोस, विभिन्न विद्यालयका प्रअ, अधिवक्ता, महिला अधिकारकर्मी लागएत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array