Ad image

रुन्टीगढी गाउँपालिका वडा न. २ मा सामाजिक सुरक्षा भत्ता बितरण

मालश्री खबर
मालश्री खबर २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

कमल खड्का/मंसिर २४, रोल्पा ।

रुन्टीगढी गाउँपालिकाले बैंक मार्फत शुक्रबार वडा नम्बर २ को वडा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । विशेषगरि वडा देखि बैंक सम्म पुग्न टाढा पर्ने लावग्रहीलाई मध्यनजर गरेर वडाबाट बितरण गर्न सुरु गरेको गाँउपालिका अध्यक्ष जनक पुनले जानकारी दिनु भएको छ ।

वडाबाट बितरण गर्दा लावग्रहीहरु प्रत्यक्ष सहभागी हुने बैंकमा लाइन बस्ने झन्जतबाट मुक्त हुनुका साथै लावग्रहीहरुको यातायात खर्च पनि बच्ने गरेको छ । बैंक टाढा पर्ने लावगहीहरु निकै हर्सित पनि भएका छन । रुन्टीगढी गाउँपालिकाले यस वडा संगै पहिलो चरणको सामाजिक सुरक्ष भत्ता अहिले सम्म ७ वडाबाट बितरण गरिसकेको छ । अब वडा नम्बर ३ र ४ गरि २ वटा वडा मात्र बाँकी रहेका छन ।

- Advertisement -
Ad image

यी बाकी वडाहरुमा पनि छिटै बितरण हुने तयारी भइरहेकोे जानकारी प्र्राप्त भएको छ । पहिलो चरणमा केही वडाहरुका लावग्रहीहरुको कागजात मिलाउनु पर्ने भएकाले भत्ता बितरण केही ढिलाई भएको हो । तर दोस्रो चरणमा बितरण गर्न सहज र अलि छिटो हुने अनुमान गरिएको छ । किनभने दोस्रो चरणमा कागजता मिलाउन धेरै झन्जत नहुने अनुमान गरिएको छ । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन द्वारा वडा न २ मा एक वृद्घलाई भत्ता उपलब्ध गराउदै सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सुुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array