Ad image

शाखा आबि सुनछहरी गापा १ फुलिवनमा दुई दिने अभिमुखिकरण कार्यक्रम उद्घाटन

मालश्री खबर
मालश्री खबर १९ मंसिर २०७९, सोमबार
2 Min Read
Aa

मालश्री खबर,मंसिर १९, रोल्पा ।
आधारभूत तहको पाठ्यक्रम, शिक्षण विधि, बिधार्थी मूल्यांकन र शिक्षा ऐन नियम सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन शाखा आधारभूत बिधालय सुनछहरी गाउँपालिका १ फुलिवनमा कार्यक्रम सम्पन्न भएको छ ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष बासे बिकको अध्यक्षतामा रहेको थियोे भने कार्यक्रममा सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काको प्रमुख आतिथ्यता रहेको थियो । भने गाउँपालिका शिक्षा शाखा प्रमुख रेगबहादुर पुनको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा शिक्षक अभिभावक संघका अध्यक्ष सुरेश बिक,महिला स्वास्थ्य स्वयंसेविका सीता खत्री बिक लगाएतको आतिथ्यता रहेको थियो ।

भने कार्यक्रममा बिधालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारी,बिधालयका शिक्षक तथा कर्मचारीलगाएतको उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खड्काले “बिधालयले आफ्नै आयोजनामा गाउँपालिकामै पहिलो र नवीन कार्य गरेकोमा बिधालयपरिवालाई धन्यवाद व्यक्त गर्नु भयो।” बिधालयमा शिक्षकले बिद्यार्थी लाई शिक्षा प्रदान गर्दा कुनै कन्जुस्याइँ गर्ननहुने र अभिभावकले पनि आफ्ना बालबालिकाहरुलाई बिधालय पठाउने र बालबालिकाको पढाइ बारे बिधालयमा नियमित बुझ्न पर्ने प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।

यस्तै गाउँपालिका शिक्षा शाखा प्रमुख पुनले बिधालयले आफैले नौलो र युगान्तकारी कार्यको थालनी गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै नयाँ ,उदाहरणी तथा प्रभावकारी खालका कार्यक्रमहरु गर्न आफुलेसदैव हौसला दिने बताउनुभयो ।

उद्घाटन कार्यक्रम पहिलो दिनको शेसन गाउँपालिका शिक्षा शाखा प्रमुख पुनले संघीय शिक्षा ऐन,शिक्षा नियमावली तथा गाउँपालिका शिक्षा ऐन २०७४,गाउँपालिका शिक्षा नियमावली २०७४ को बारेमा तालिमका सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

यस्तै तालिमको दोस्रो दिन भोलि आधारभूत तहको पाठ्यक्रम,शिक्षण बिधि र बिद्यार्थी मूल्याकंनको बारेमा तालिम प्रदान गरिने बिधालयका प्रधानाध्यापक खिमबहादुर बिष्टले बताउनुभयो ।

   

प्रतिक्रिया दिनुहोस्

Array