Ad image

रोल्पामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएपछि कामलाइ तिब्रता

मालश्री खबर
मालश्री खबर १५ मंसिर २०७९, बिहीबार
3 Min Read
Aa

रोल्पामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएपछि कामलाइ तिब्रता पारिने भएको छ । आँखा सम्बन्धी बिरामीहरु कोहि पनि नछुटुन भनि सम्बन्धीत पालिकाहरुमा गई गाउँपालिकाका अध्यक्ष, राजनितिक दलका व्यक्ति, स्वास्थ्य कर्मिहरुसगँ भेटघाट गरि तिब्र गतिमा भेटघाट गर्ने जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका संस्थापक अध्यक्ष नौलसिंह पुनले बताउनु भएको छ । मालश्री सम्बाद कार्यक्रममा बोल्दै उँहाले जनताहरुको सेवा गर्ने उद्देश्यले रोल्पा जस्तो दुर्गम बिकट क्षेत्र तथा स्वाथ्यका दृष्टिकोणले पछाडी परेको क्षेत्रमा समेत पहुँच पु¥याउने जानकारी दिनु भयो ।

आँखा जस्तो संवेदनशिल अंगको रक्षाका लागि आर्थिक अवस्था कम भएकाहरुको लागी यस शिविरले राहत मिल्ने पनि पुनले बताउनु भयो । रोल्पाका धेरै ठाँउमा आधुनिक तथा सुधारीएको चुलो प्रयोग नगरेका र दाउरा प्रयोग गरी खाना बनाउने देखि लिएर अन्य काममा पनि सुधारीएको चुलो प्रयोग नगर्दा त्यसबाट निस्केको धुँवाले आँखामा थप समस्या ल्याई मोतियाबिन्दुका बिरामी धेरै हुने भएकाले त्यस्ता विरामीलाई मध्यनजार गर्दै शिबिर आयोजना गरिएको उँहाले बताउनु भयो ।

आगामी पुष महिनाको ८ र ९ गते मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुन भएकाले त्यसैलाइ मध्यनजर गरि रोल्पाका २० वटा स्थानमा छनौट शिबिर सन्चालन गरिएको उहाले बताउनु भयो उहाका अनुसार मंसिर १८ गते ह्वामा स्वास्थ्य चौकी, मंसिर १९ गते धबाङ स्वास्थ्य चौकी, मंसिर २० गते भाबाङ, पाछाबाङ स्वास्थ्य चौकी, २१ गते तालाबाङ स्वास्थ्य चौकी र थबाङ स्वास्थ्य चौकी, २२ गते शहरी आँखा केन्द्र, घर्तिगाँउ र मिरुल टुटुको स्वास्थ्य चौकी, २३ गते कुरेली खरिबोटको स्वास्थ्य चौकी, २४ गते सुखा ओडार स्वास्थ्य चौकी र राङकोट स्वास्थ्य चौकी, २५ गते राँक ताप्लाबजारको स्वास्थ्य चौकी र नेपाल रेडक्रस सोसाईटी भवन बागमारामा सञ्चालन हुनेछ ।

- Advertisement -
Ad image

साथै मंसिर २६ गते राङसी स्वास्थ्य चौकीमा, २८ गते बडा कार्यलय भवन गैरीगाँउ तिला, र सन्त निरंकारी मन्डल भवन जुँगार नेर्पामा, २९ गते गजुलकोट स्वास्थ्य चौकी, पुस १ बाहिरी गामको स्वास्थ्य चौकी, पुस २ गते पोबाङ स्वास्थ्य चौकीमा, पुस ४ गते पुरानो प्राथामिक केन्द्र होलेरी बजार र पुस ५ गते जेदबाङ स्वास्थ्य चौकीमा आयोजना गरेको छ । रोल्पाका दुर दराजमा रहेका आँखाका समस्या भएका विरामीहरुले १ दिने छनौट शिविभरमा आफुलाई पाएक पर्ने ठाउँमा आँखा जाँच गरी लाभ लिन उँहाले अनुरोध समेत गर्नुभएको छ ।

तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौ, जिल्ला सामुदायिक आँखा केन्द्र लिवाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त शल्यक्रिया शिविर सञ्चालन हुन लागेको हो । शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामिले खाना र बस्नको व्यवस्था भने स्वयम्ले गर्नु पर्ने अयोजकले बताएको छ ।

अझैपनी समाजमा कता कता पुरुष प्रधान जस्तो देखिएकाले महिलाहरु अझैपनि चुलो चौकोका कामहरुमा बढि ब्यस्त हुने भएकाले सल्याक्रियामा नआउने जस्तो स्थति देखिएकाले मोतिया बिन्दुको अप्रेशन गर्नु पर्ने महिलाहरुलाइ प्रोत्साहन स्वरुप रु एक हजार रुपैया प्रदान गरिने जानकारी दिनुभयो । यस्तै आँखा कमजोरी भएका विद्यालय स्तरका विद्यार्थिहरुलाइ पनि एक हजार बराबरको चश्मा प्रदान गरिने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array