Ad image

राजनीतिक यात्रा ठूलो कठिनको यात्रा हो – कुल प्रसाद केसी

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २९ रोल्पा
लुम्बिनी प्रदेशका मुख्य मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कुल प्रसाद केसीले राजनीतिक यात्रा ठूलो कठिन यात्रा भएको बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति रुन्टिगढी गाउँपालिका होलेरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको विशिष्ट अतिथि समेत रहनुभएका केसीले सो कुरा बताउनु भएको हो । हामीले पहिले २०७४ को चुनाव बाटै रोल्पा रुकुम बाट नयाँ सन्देश दिन खोजेका थियौं तर त्यो बेला आफूहरू असफल भएको समेत बताए ।

साथै पाँच सात दलहरूसँग एजेन्डा नमिल्दा आफूहरूले फ्री जोनको माध्यम बनाएको समेत बताए । आफूहरू सत्तामा हुँदा हुँदै पनि एमालेका केपी ओलीको दम्भ,घमण्ड र अह्मकारिताले माओवादी र एमालेमा तिकतता आएको समेत बताउदै देशलाई नेपाली जनताले लामो संघर्ष र योगदान बाट प्राप्त गरेका संविधानलाई कुल्चिएर दुई दुई पटक संसदलाई अग्रगमन तिर लैजानु त कहाँ छ कहाँ झन विघटन तिर लगेर देशलाई दुर्घटना तर्फ लगेको समेत बताए ।

साथै नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतले संविधानको रक्षा गरेको समेत बताए । लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्व शंकर पोख्रेलको सरकारलाई पनि लोकतान्त्रिक बाम गठबन्धनले सत्ता बाहिर पठाएको समेत बताउनुभयो । साथै केसीले नेपालमा राजनीतिक दलहरू स्थायीत्व राजनीति र कम्जोर हुँदा आज स्वतन्त्रहरु घण्टी लगायत विभिन्न चिन्हहरु लिएर नेपालका राजनीतिक दललाई असफल गराउन लागेको समेत जिकिर गर्नुभयो।लोकतान्त्रिक बाम गठबन्धनको निर्णय विपरीत नगर्न र गठबन्धनका उम्मेदवारलाई मत दिई बिजय गराउन समेत आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array