Ad image

केपी ओली पछि लाग्नेलाई साइड लगाउन गठबन्धन गरेको घर्तिको भनाई

मालश्री खबर
मालश्री खबर २७ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक २७ रोल्पा । नेपाली कांग्रेस रोल्पाका पुर्वपार्टी सभापति कृष्णबहादुर घर्तिमगरले १४ वर्षसम्म पार्टी सभापति भएर काम गर्दा जनतालाई हानी हुने कुनैपनि किसिमको काम नगरेकाले अहिलेसम्म जनताबाट अथक सम्मान पाईरहेको बताउनुभएको छ ।
घर्ति आगामि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्यका समानुपातिक उम्मेद्धार समेत हुनुहुन्छ । बिद्यार्थी आन्दोलान गर्दा गर्दै घर्तिले २०३६ सालमा बालकल्याण माविबाट आफ्नो राजनितिक यात्रा सुरु गरेका बताउनुभयो ।

गठबन्धनका नेताले एकले अर्कोलाई सहजै मत मागेको देख्दा दलहरुमा केहि परिवर्तन आएको उहाँको भनाई रहेको छ । यसले गर्दा आउने दिनमा राजनितिक दलको सङ्ख्या कम हुने घर्तिको भनाई छ । दल कम भएमा विभिन्न उल्का उपद्र गर्ने बानी कम हुने उहाँले बताउनुभएको छ । गठबन्धनले ऐतिहासिक नौलो रुपान्तरण दिएको बताउनुभएको छ ।

इतिहासमा कुनै क्रान्ति नगरेका दल जस्तै राप्रपा र ऐमालेको तालमेल छ भने यता २००७ सालको आन्दोलन हाकेको कांग्रेस र २०६२÷६३ को जनआन्दोलनको नेतृत्व गरेको माओवादी, ऐमालेबाट बिद्रोह गरेर छुट्टिएको नेकपा एकिकृत समाजवादी, नेपालको पहिलो कम्यिुनिष्ट पार्टी जनमोर्चा बिचमा गठबन्धन भएको छ ।
केपी ओली र यिनका पछि लाग्ने झुण्डलाई साइड लगाउन गठबन्धन गरेको घर्तिको भनाई छ । केपी ओलीले थोरै मौका पाए भने प्रतिगामी धार चलाउन सक्ने उहाँको तर्क रहेको छ । आगामी मंसिर ४ गतेको चुनाब अग्रगामी र प्रतिगामीबिचको लडाई भएको समेत उहाँले जिकिर गर्नुभयो ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रुपमा स्थायित्व नभएसम्म निरन्तर गठबन्धनको सरकार हुने घर्तिको भनाई छ । मालश्री संबादमा पत्रकार गणेश केसीको समानुपातिक उम्मेद्धारको त खासै चर्चा छैननी भन्ने प्रश्नमा घर्तिले समानुपातिकका उम्मेद्धार बन्द सुचीका उम्मेद्धार भएकाले चर्चा परिचर्चा हुनुपर्ने आवश्यक पनि छैन उहाँले भन्नुभयो । घर्तिले समानुपातिक उम्मेद्धार योगदान र क्षमताको आधारमा छनोट गर्ने भएकाले प्रत्यक्षको जस्तै धेरै प्रचार गर्न नपर्ने बताउनुभएको छ ।

- Advertisement -
Ad image

यदि जनताले रुचाएर समानुपातिकमा आफँुलाई उल्लेखिनिय मत दिनु भयो र केन्द्रले छनोट ग¥यो भने आफु जनताको नोकर भएर सेवा गर्ने बताउनुभयो । निर्वाचित भए पछि धेरै विकास गर्छु भेनर म आश्वासन दिदैन तर आवश्यक परेको खण्डमा जनतालाई थप साथ, सहयोग र विकासका कार्यमा जनता सगैं हातेमालो गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array