Ad image

रोल्पाको रुन्टिगढी गाँउ पालिकामा टिपर दुर्घटना हुँदा एक जना घाइते

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २६ रोल्पा ।
रोल्पाको रुन्टिगढी गाँउ पालिकामा टिपर दुर्घटना हुँदा एक जना सामान्य घाइते भएका छन । घाइते हुनेमा टिपर चालक सरुमारानी गाउँपालिका वडा नं ४ प्युठानका बर्ष २३ का रुपेश बिक रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । घाइतेको टाउकोमा चोट लागेको र थप उपचारका लागि घाइटे बिकलाई राप्ती स्वास्थ्य विज्ञान पतिष्ठान घोराही दाङमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ ।

रोल्पाको रुन्टिगढी गाउँपालिका वडा न. ६ खारा सिउधारा स्थित सुभम खनिज उद्योग बाट ढुङ्गा लिई सम्राट सिमेन्ट उद्योग लमही देउखुरी दाङ तर्फ जाँदै गर्दा दुर्घटना भएको बताइएको छ । रा १ ख २९०६ नं.को टिप्पर बाटो देखि झन्डै २५० मिटर तल खसेको छ । टिप्पर भने पुर्ण रुपमा क्षेति भएको छ । टिप्पर दुर्घटना भएको स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए । टिपरमा चालक मात्र भएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array