Ad image

शंका होइन गठबन्धन दलहरु एक भएर जानु पर्छ – कृष्ण बहादुर घर्ति

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २६ रोल्पा ।
नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्ति मगरले गठबन्धन दल भित्रका सबै शक्तिहरु एक अर्कामा शंका गरेर होइन एक भएर जानु पर्ने बताउनु भएको छ । निर्वाचन परिचालन समिति क्षेत्र नं.१ क रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

रोल्पामा पहिलो पाटी र दास्रो पाटी मिलेर चुनाव लडी सके पछि अरु पाटीको भुमिका शुन्य, बिचरामो अबस्थामा हुने बताउनु भएको छ । हिजोको युद्ध देखि अलग भएका दुई देशमा ठुला राननितिक दल कांग्रेस माओबादी सँगै अन्य दल समाजबादी र राष्ट्रिय जनमोर्चा एक भए पछि अरु दलको केहि नलाग्ने समेत नेता घर्तिले बताउनु भएको छ । माले, मसाले मन्दले सबै अरु नौं दल मिलेर पनि रोल्पामा चुनावी सभा गर्न नसक्ने समेत बताउनु भयो । मिल्दा कति राम्रो हन्छ नमिल्दा कस्तो हुन्छ भन्ने कुरा सबैलाई राम्रो सँग थाहा भएको हुनाले सबैले दाया बाया नगरेर गठबन्धनको पक्षमा लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन आम नेता कार्यकर्ता र मतदातालाई आग्रह समेत गर्नु भयो ।

आफ्नै श्रीमान, श्रीमतकिो बिचमा एकले अर्कालाई अनावश्यक संका ग¥र्यो भने जसरी घरबार चल्दै, त्यसरी नै गठबन्धन दलमा पनि एकले अर्कालाई अनावश्यक संका उपसंका गर्न तर्फ लाग्ने हो भने गठबन्धनको पनि घरबार नबन्ने समेत नेता घर्तिले बताउनु भयो । घर बार बनाउनकै लागी भए पनि गठन्धन एक भएर जानुपर्ने बताउनु भयो । यो गठबन्धलाई सामान्य गठबन्धनको रुपमा नबुझ्न र नलिन गठबन्धनका आम नेता कार्यक्रतालाई आग्रह गर्नु भएको थियो । सामान्य अवस्थामा यो गठबन्धन नभएको हुनाले सबै नेता कार्यकर्ताले आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्नु पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array