Ad image

प्रतिक्रान्तिकारी शक्ति विरुद्ध गठबन्धन एकजुट भएको छ – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २६ रोल्पा ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं.१ क रोल्पाका प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले प्रतिक्रान्तिकारी शक्ति विरुद्ध गठन्धन एकजुट भएको बताउनु भएको छ । निर्वाचन परिचालन समिति क्षेत्र नं.१ क रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।चुनावी सभाको विशिष्ट अतिथी समेत रहेका महराले हिजो पञ्चायत व्यवस्था,राणा शासन फाल्न, २०३६ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, २०५२ सालको महान दस बर्षे जनयुद्धमा नेपाली जनताको ठूलो योगदान रहेको समेत बताए।यो देशको परिवर्तनका लागि रोल्पाली जनता,नेपाली जनताले लामो संघर्ष गरेको महराको दाबी रहेको छ । नेपाली जनताले करिब सात दशक पछी करिब ८० बर्षमा लामो त्याग तपस्या बाट प्राप्त गरेको संविधानलाई च्याट्न खोज्ने,संविधानको धज्जी उडाउने र पश्चगामी शक्तिको विरुद्ध एकजुट भएको समेत बताए ।

साथै संविधानलाई धोष्त पार्न खोज्ने र प्रतिगामी क्रान्तिकारी शक्तिलाई परास्त गर्नको लागि अहिले आवश्यकता भएको समेत बताए । नेपालमा ठूल्ठूला परिवर्तन संघर्षले गर्दा अहिले संघीय लोकतन्त्र गणतन्त्र स्थापन भएको बताउदै महराले देशको अप्ठ्यारो परिस्थितिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले देशलाई निकास दिएको समेत बताए । त्यस्तै कांग्रेस ले हसिया हथौड़ामा र माओवादी ले रुखमा कसरी भोट हाल्ने भन्दै गाउँ गाउँ प्रश्न गरेको आफुले सुनेको बताउदै नेताहरुले एक अर्कालाइ भोट हाल्ल हुने जनताहरुले किन नहुने भन्दै अप्ठ्यारो नमानी ढुक्क साथ गठबन्धन लाई भोट हाल्न अनुरोध गर्नु भयो ।

संघ प्रदेश र स्थानीय तहको तिनै तहको सरकार एक अर्का मा समझदारी गरि आबश्यकताको आधारमा बिकास गर्ने बताउनु भयो । निर्वाचन जितेमा पाच वर्ष लाई बिकास र समृद्धिको वर्ष बनाउने बताउनु भयो। महराले देश , सबिधान, र ब्यबस्थाको रक्षा नहुदा सम्म यो गठबन्धन कायमै रहने बताउदै नेपाली कांग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएका पाटि हुन हिजो २००७ सालको आन्दोलनको नेतृत्व कांग्रेसले गरेको र जनयुद्ध जनआन्दोलनको नेतृत्व माओवादिले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array