Ad image

रोल्पा जिल्लामा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षा सम्पन्न

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक २० रोल्पा ।

नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार रोल्पा जिल्ला तेक्वान्न्दो संघ अन्तर्गत संचालन भएका जिल्ला भरका सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षामिति २०७९ साल कार्तिक १९ गते सम्पन्न भएको छ ।

प्रथम डान र दोस्रो डान (५० समूह वा सो भन्दा अगाडी प्रथम डान लिएका) बल्याक वेल्टको ग्रेडिङ्ग परीक्षामा प्रथम डान बल्याक वेल्ट तर्फ १० जना र दोस्रो डान बल्याक वेल्ट तर्फ १ जना खेलाडीको सहभागीता रहेको थियो । उक्त ग्रेडिङ्ग परीक्षा समापन कार्यक्रमको प्रमुख अतिथी रोल्पा जिल्ला तेक्वान्दो संघका सल्लाहकार तथा तेक्वान्दो खेलाडी दुर्गा के.सी., सभाअध्यक्ष – रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्री, उपाध्यक्ष त्रिभुवन राना, रोल्पा जिल्ला तेक्वान्दो संघका लुम्विनी प्रदेश सदस्य तथा ग्रेडिङ समितिमा टोकिएका ग्रेडिङ संयोजक दिनेश बुढामगर, जिल्ला ग्रेडिङ समितिका पदाधिकारीहरु, बाल कल्यान नमूना मावि लिबाङका तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय खेलाडी दिपक परियार, त्रिवेणी गाउँपालिका वडा नं. २ तेक्वान्दो विकास समितिका अध्यक्ष गणेश घर्तीमगर, तेक्वान्दो खेलाडी खिमानन्द अधिकारी लगायत जिल्ला स्थित तेक्वान्दोका सिनियर खेलाडी तथा तेक्वान्दो प्रेमीहरुको उपस्थित रहेको थियो । सो ग्रेडिङ परीक्षामा हात खट्टाको प्रयोग गरी विभिन्न बलक, किकिङ, स्पाइरिङ, टायलफल्याक ब्रेकिङ, पुम्से पर्दशन, Chagi, Poomsae, Han beon Gyaroogi, Hoshinoal, Kyukp, Gyaroogi लगायतका कार्यहरु प्रर्दशन गरेवापत ग्रेडिङ परीक्षामा सफल हुन सकिन्छ ।

- Advertisement -
Ad image

उक्त कार्यक्रम समापन समारोका प्रमुख अतिथि दुर्गा केसीले सबै परीक्षार्थी खेलाडीहरुलाई सफलताको शुभकामनाको साथै आगामी दिनमा यो जिल्लाको तेक्वान्दो खेल संघलाई अझ व्यवस्थित गरी लैजानमा आम रोल्पाली जनसमुदाय सबैको अहम् भूमिका रहने भएकोले आफ्नो क्षमता तथा विवेकले भ्याएसम्म पूर्ण रुपले सहयोग र सल्लाह दिने बताउनु भएको थियो ।

कार्यक्रम समापन समारोहमा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले नेपाल देशलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा धेरै मेडल लिने खेल र नेपाल देशको शिर उचो राख्ने खेल भएकोले नेपाल तेक्वान्दो संघको विधान कार्यक्रम अनुसार ग्रेडिङ कार्यक्रममा सहभागी हुने खेलाडीहरुलाई रोल्पा बाट हामीवीच फोनमा कुराकानी गरे अनुसारको विवरणमाग फारम भरेर पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array