Ad image

रोल्पामा भीरबाट लडेर एक युवाको मृत्यु

मालश्री खबर
मालश्री खबर १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक १४ रोल्पा ।
भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका वडा न. १ ढाप्चाका वर्ष ३१ का लेखनाथ राना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सोमबार बिहान राणा आफ्नै घर देखि करिब १ सय ५० मिटर टाढाको दुरीमा रहेको गोरेटो बाटोबाट करिब १ सय ५० मिटर तल खसेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।

घटनाको खबर पाए लगतै अस्थायी प्रहरी पोष्ट सुर्पालबाट खटिएको प्रहरी टोलिले शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको प्रहरीले जानकारी दिएको छ । रानाले बिहानै देखि अत्यधिक मदिरा सेवन गरि छिमेकीको घर बाट आफ्नो घर फर्कने क्रममा लडेको स्थानीय बताए पनि घर्टनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताउनु भएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array