Ad image

शहिद मेमोरियल युवा क्लब पाछाबाङ रोल्पाको पाँचौ साधारण सभा सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, कार्तिक १२ रोल्पा ।शहिद मेमोरियल युवा क्लब परिवर्तन गाँउपालिका वडा न. ४ पाछाबाङ रोल्पाको पाँचौ साधारण सभा शनिबार सम्पन्न भएको छ । “हटाऔं विकृति, बचाऔ संस्कृति” भन्ने मुल नाराका साथ आफ्नो पाचौं साधारण सभा सम्पन्न गरेको क्लवले जानकारी दिएको छ ।

क्लबले स्थापना कालदेखिनै हरेक वर्षको तिहारमा मयुर नाच प्रस्तुति कार्यक्रम समापन गरे लगतै साधारण सभा गर्दै आइरहेको छ । शनिबार दिउँसो २ बजे देखि सुरु भएको क्लबको साधारण सभामा क्लबका कोषाध्यक्ष प्रेम कुमार बुढाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । सह–कोषाध्यक्ष उमेश बुढाले जिन्सी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

क्लबका अध्यक्ष जयकुमार बुढाको अध्यक्षतामा सुरु भएको साधारण सभा कार्यक्रमको सञ्चालन कोषाध्यक्ष प्रेम कुमार बुढामगरले गर्नुभएको थियो । साधारण सभाले २३ सदस्यीय कार्यसमिति समिति गठन गरेको छ र खेलकुद समिति र मयुर नाच समिति गरी दुई वटा उपसमिति पनि गठन गरेको क्लवका अध्यक्ष बुढा मगरले जानकारी दिनु भयो।

- Advertisement -
Ad image

कार्यसमितिको अध्यक्षमा जय कुमार बुढामगर, उपाध्यक्षमा निर्मल बुढामगर र उमेश बुढा मगर सचिवमा कमल प्रकाश बुढामगर, सह–सचिवमा हिमानी पुन, कोषाध्यक्ष प्रेम कुमार बुढा, सह–कोषाध्यक्ष खगेन्द्र बुढामगर र सदस्यहरुमा अमर बुढामगर तेजेन्द्र बुढामगर, विशाल बुढामगर, शंकर बुढामगर, राजिव बुढामगर, भुपेन्द्र डाँगी, खिम प्रसाद घर्तीमगर, विशाल बुढामगर, काजल सुनार, नर बहादुर परियार, किसान घर्तीमगर, दिल कुमारी घर्तीमगर, ओम कुमारी बुढामगर, खडक बुढामगर र गणेश घर्तीमगर रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array