Ad image

लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइने छ-: सभापति पुन

मालश्री खबर
मालश्री खबर ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक ५ रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना बनाएर लुम्बिनीको आर्थिक गतिविधिलाई थप चलायमान बनाईनु पर्ने बताउनु भएको छ ।


सभापति पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यो प्रदेश अन्य प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताउदै यसको प्रचारप्रसार तथा प्रबर्द्धनले पर्यटनको वृद्धि हुनेमा जोड दिनु भएको छ ।प्रदेश सभा २ रोल्पाका प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका पुनले युवाहरूलाई उद्दममा आकार्षित गर्न राज्यले उद्यम मैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनु पर्नेमा जोड दिनु भयो ।

कृषिको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकासले युवाहरूलाई नेपाल मै स्वरोजगार बनाउन सकिने उहाँले बताउनु भयो । युवाहरू राष्ट्र निर्माणका साझेदार र महत्वपूर्ण सम्वाहक भएकाले युवाहरूको सहभागीता र नेतृत्वले मात्र समृद्ध नेपालको आधारशिला खडा हुने उहाँको तर्क रहेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array