Ad image

रोल्पामा पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २ रोल्पा ।

सरकारले बुधबार र बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउने कार्यक्रम अनुसार रोल्पा जिल्ला भरका बालबालिकाहरुलाई पनि बुधबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका फोकल प्रसन कुमार थापाले जानकारी दिनुभएको छ ।


लक्षित बालबालिकालाई सबैलाई टोकिएको केन्द्रमा गएर स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन स्वास्थ्य कार्यालय रोल्पाले सबैलाई आग्रह गरेको छ । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दै आएको स्वास्थ्य कार्यालय रोल्पाले रेडियो मालश्रीलाई र मालश्री खबरलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array