Ad image

प्रचण्डले रुखमा मतदान गरि सक्नु भयो, किन अरुको रुखमा हात नजाने -बर्षमान पुन

मालश्री खबर
मालश्री खबर १ कार्तिक २०७९, मंगलवार
4 Min Read
Aa

मालश्री खबर, असोज ३१ रोल्पा ।

नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच बर्ष अगाडी रुखमा मतदान गरि सकेको नेकपा माओबादि केन्द्रका उपमहासचिव एंव गठबन्धनका प्रतिनिधि सभाका साझा प्रत्यक्ष तर्फका उम्मेदवार बर्षमान पुनले बताउनु भएको छ । सोमबार लोकतान्त्रिक संयुक्त बाम गठबन्धनले सुलिचौरमा आयोजना गरेको सयुक्त आन्तरिक भेला यस्तो कुरा बताउनु भएको हो ।

यो कुनै एक दुई जना व्यतिको स्वार्थको लागी मात्र गठबन्धन नभएको बताउदै, देशमा लोकतान्त्रिक व्यवस्था शान्ति र संबिधानको रक्षा एंव राजनितिक स्थायित्वको निम्ती भएको समेत बताउनु भएको थियो । रोल्पामा पहिलो पटक कांग्रेस कम्युनिष्ट एक ठाँउमा हुंदा कहि कतै अलि—अलि प्राबिधिक समस्या भएको कुरा स्विकारर्दै नेता पुनले यो समस्यालाई सबै गठबन्धनका नेता कार्यकर्ताले सजिल्यै बुझेर गठबन्धको पक्षमा एक भएर लाग्नु पर्ने समेत बताउनु भएको थियो ।

- Advertisement -
Ad image

यसरी गठबन्धनको अभ्यास गरेको रोल्पामा पहिलो भए पनि देशमा गठबन्धनको अभ्यास गरेर थुप्रै स्थानमा सफल भएको बताउँदै नेता पुनले रोल्पामा पनि यस पटक भएको गठबन्धन पुर्ण रुपमा सफल हुने समेत बताउनु भएको थियो ।

यो गठबन्धन कुनै व्यति र जिल्लाले चाहेर मात्र नभएको हुनाले यो राष्ट्रको आवश्यकता अनुसार राष्ट्रिय स्तरमै भएको हुनाले रोल्पामा गठबन्धनका कुनै पनि दलले घाटा नाफो हिसाब नगरेर गठबन्धनको भाबना र मर्म अनुसार अगाडी बढ्न समेत सबै नेता कार्यकर्तालाई नेता पुनले निर्देशन दिनुभएको छ ।

भेलाला सम्बोेधन गर्दै नेकपा माओबादि केन्द्रका स्थायी कमिती सदस्य एंव गठबन्धनका रोल्पा प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले गठबन्धन खाली चुनाव जित्नको लागी भएको भनेर नबुझ्न आम नेता कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।

अझै पनि देश प्रतिगमनकारीको खतरामा भएको हुनाले नै यो गठबन्धन भएको समेत नेता महराले बताउनु भएको थियो ।

त्यस्तै गठबन्धनको साझा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एंव गठबन्धनका रोल्पा प्रदेश सभा २ ख का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनमगरले गठबन्धन दल भित्र बिगतमा भएको गल्ति कम्जोरीलाई सबैले बिर्सिएर गठबन्धनका उम्मेदवारलाई बिजय गराँउनको लागी सबै एक भएर जानु पर्ने बताउनु भएको थियो ।

एउटै पाटीको नाममा पुर्ब र पश्चिमको सार्थि एक भएको उदाहरण दिदै नेता पुनले बिचार फरक भए पनि आखिर सबै रोल्पाली एउटै छिमेकि भएको बताउँदै एकले अर्कालाई खुलेर सहयोग गर्नु पर्ने बताउनु भएको छ । जन्मदै कुनै पनि ब्यति यो वा त्यो बिचार बोकेर नआउने भएको हुनाले आफुले पछि बोकेको बिचारलाई मिश्रण गर्न सक्नुनै ठुलो महान हुने भएको हुनाले सबै ढुक्क भएर गठबन्धनको उम्मेदवारलाई बिजयी गराउनु तर्फ लाग्नु पर्नेमा समेत नेता पुनले जोड दिनु भएको थियो ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्ति मगर यो गठबन्ध सामान्य अवस्थामा नभएको बताउनु भएको थियो ।

यति खेर गठबन्धन दल भित्रका सबै नेता कार्यकर्ता र शुभचिन्तकले एक पटक गम्भिर भएर यो राष्ट्रको बारेमा सोच्नु पर्ने अवस्थामा आएको समेत बताँउदै नेता घर्तिले कुनै पनि अलमल मा नपरेर आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्न गठबन्धनका सबै नेता कार्यकर्तालाई आग्रह समेत गर्नु भएको थियो । कुनै कारण बस गठबन्धनमा कुनै समस्या आएमा देश ठुलो दुर्घतना जाने समेत नेता घर्तिले बताउनु भएको थियो ।

भेलामा नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्ती, नेकपा एकिकृत समाजबादि पाटी रोल्पाका अध्यक्ष टंक बुढामगर, राष्टिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट लगाएत लोकतान्त्रिक संयुक्त बाम गठबन्धनका नेता कार्यकर्ताहरुको भेलामा सहभागिता रहेको थियो ।

नेकपा माओबादी केन्द्र प्रदेश सभा १ क का अध्यक्ष एंव नेकपा माओबादी केन्द्रको तर्फ बाट प्रतिनिधी सभामा समानुपातीक उम्मेदवार आशबहादुर पुनमगरको अध्यक्षतामा भएको भेलाको संचालन नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रीय सभापति दृर्गा बहादुर खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array