Ad image

शहिद मेमोरियल युवा क्लब पाछाबाङको पाँचौ वार्षिक उत्सबको उद्घाटन

मालश्री खबर
मालश्री खबर १५ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर

मालश्री खबर, असोज १५ रोल्पा । शहिद मेमोरियल युवा क्लब परिवर्तन गाउँपालिका ४ पाछाबाङ सल्लाबोट रोल्पाको पाँचौ वार्षिक उत्सब तथा रमाइलो दशै कार्यक्रमको एक कार्यक्रम बिच शनिबार उद्घाटन भएको छ । “हटाऔं विकृति, बचाऔं संस्कृति” भन्ने मुलनाराका साथ सुरु भएको पाँचौ वार्षिक उत्सबको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एंव परिर्बतन गाँउपालिका अध्यक्ष सुक बहादुर बुढामगर गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको विशिष्ट अतिथिमा परिवर्तन गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हित कुमारी बुढामगर रहनु भएको थियो । कार्यक्रमको अतिथिहरुमा परिवर्तन गाउँपालिका ४ का वडा अध्यक्ष मानसिङ बुढा, परिवर्तन गाउँपालिका ४ का निवर्तमान वडा अध्यक्ष दल बहादुर बुढा मगर, नेरा नमूना मावि थप प्राविधिक तथा व्यवसायिक विद्यालय परिवर्तन गाउँपालिका ५ मौलाबोट राङकोटका प्रधानाध्यापक गोपाल बहादुर केसी लगाएतको आतिथ्यता रहको थियो । शहिद मेमोरियल युवा क्लबका अध्यक्ष जय कुमार बुढा मगरको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सञ्चालन युवा क्लबका कोषाध्यक्ष प्रेम कुमार बुढामगरले गर्नु भएको स्वागत मनतब्य क्लबका उपाध्यक्ष ज्वाला बुढामगरले राख्नु भएको त्यँहा बाट हाम्रा सहकर्मि सुर्य प्रकाश बुढामगरले जानकारी दिनु भएको छ । यहि असोज १८ गते सम्म संचालन हुने क्लवको बार्षिक उत्सवमा महिला, पुरुष भलिबल प्रतियोगिता, रस्साकस्सी,हाजिरी जवाफ, घौटाफोर, लोकदोहोरी प्रतियोगिता आदिको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको अवसरमा गाँउपालिका अध्यक्ष बुढामगरले क्लवलाई २ वटा भलिबल १ थान जाली र १ वटा पम्म हस्तान्तरण गरेको क्लवका अध्यक्ष जयकुमार बुढा मगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array