Ad image

माहुरी होमद्वारा रोल्पाका ४ पालिकाका ६० जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति

मालश्री खबर
मालश्री खबर १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

 

मालश्री खबर, असोज १५ रोल्पा । माहुरी होमले रोल्पा जिल्लाका ४ वटा पालिकाका ६० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्राबृति पाउनेहरुमा रोल्पा नगरपालिकाका २१ जना सुनिल स्मृति गाउपालिकाका १२ जना, रुन्टीगढी गाउँपालिका भित्रका १२ जना र परीवर्तन गाउँपालिकाका १५ जना गरी ६० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

 

- Advertisement -
Ad image

 

कार्यक्रममा घाइते अपांग सहिद परिवार अति विपन्न छात्रछात्रालाई उच्च शिक्षामा योगदान पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको थियोे । यु एन् यफ् पि य को आर्थिक सहयोग एवम भेषो को साझेदारीमा भएको कार्यक्रममा रोल्पा नगरपालिकामा रोल्पा नगरपालिकाका प्रमुख शुरेन्द्र थापा घर्ति उप प्रमुख गिता आर्चाय, प्रत्रकार महाँसँघ रोल्पाका अध्यक्ष नविन लोचन लगाएतको उपस्थिति थियो । सुनिल स्मृति गाँउपालिकामा गाउँपालिका प्रमुख मणिराम बुढाथोकि उपाध्यक्ष मिना थापा प्रमुख प्रशासकिय अधिक्रित लगाएतको उपस्थिति थियो । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, उपाध्यक्ष सरिता केसी, लगाएतको उपस्थिति रहेको थियो । भने परिवर्तन गाउँपालिकामा गाउँपलिकामा अध्यक्ष सुक बहादुर वुढा, प्रत्यक वडाका सहजकर्ता लगाएतको उपस्थितिमा छात्रवृति वितरण कार्यक्रम सम्पन्न भएको थियो । रोल्पा जिल्लाका ४ वटा पालिकामा २० वटा समुहमा रुपान्तरण कक्षा समेत सन्चालन भैरहेको माहुरी होमका जिल्ला संयोजक लोकेन्द्र सेनले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array