Ad image

जलजला यातायात प्रा.लि.ले सबै गाडी धनिको व्यावसायीक कर आफै तिर्दै

मालश्री खबर
मालश्री खबर १४ आश्विन २०७९, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, असोज १४ रोल्पा । राेल्पा जलजला यातायात प्रा.लि.मा आवद्ध भएका सबै यातायात ब्यावसायिहरुको कर प्रा.लि.ले तिर्ने भएको छ । रोल्पाको सबै भन्दा जेठो र ठुलो संस्था राेल्पा जलजला यातायात प्रा.लि. रोल्पाले आफ्नो प्रा.लि.मा आवद्ध रहेका सम्पुर्ण गाडीहरुको राज्यलाई तिर्नु पर्ने ब्यवसायिक कर प्रा.लि.ले तिरिदिने निर्णय गरेको प्रा.लि.का अध्यक्ष तेजविक्रम रावतले जानकारी दिनु भएको छ ।

 

 

- Advertisement -
Ad image

प्रा.लि.को प्रधान कार्यालय लिबाङ रोल्पामा विहिबार बसेको कार्य समितीको बैठकले यस्तो निर्णय गरेका हो । लामो समय सम्म कोरोनाको कहरका कारण धरापमा परेका यातायात ब्यवसायिहरु ठुलो आर्थिक भारमा परेकाले उनिहरुको राहतका लागि उक्त निर्णय गरेको प्रा.लि.का कार्यालय प्रमुख धर्मेन्द्र कंवरले जानकारी दिनु भएको छ ।
प्रा.लि.मा अहिले साना ठुला गरि १ सय ३० वटा गाडिहरु आवद्ध रहेका छन । एउटा गाडीको वार्षिक २२ हजारका दरले करिब ३३ लाख बराबरको ब्यवसायिक कर प्रा.लि.ले तिरिदिने निर्णय गरेको छ । उक्त निर्णय बाट आर्थिक संकटमा परेका यातायात ब्यवसायिहरुलाई ठुलो राहत मिलेको ना ४ ख २०७० का गाडी धनी कुलबहादुर वलीले बताउनु भएको छ । आफुहरुको आर्थिक संकटलाई बुझेर कर तिरिदिने निर्णय गरेकोमा खुसि ब्यक्त गर्दै कोरोनाका बेलामा पनि राहत कोष बनाएर कर तिर्नका लागि आर्थिक सहायता प्रदान गरेको र यो कार्यलाई निरन्तरता दिन लु १ ज १८४७ का गाडी धनी सुरेन्द्र थापाले आग्रह समेत गर्नु भएको छ ।
प्रा.लि.ले कोरोना कहरको समयमा पनि आफ्नो व्यवसायि र कर्मचारीहरुलाई कोरोना विमा गरिदिएको र यातायात ब्यवसायिहरुको हितका लागि कर छुटको पहल गर्ने काम गर्दै अएको थियो । अहिले आएर नेपालीहरुको महाड चाड दशैको अवसर पारेर प्रा.लि.मा आवद्ध सबै यातायात ब्यवसायिहरुको कर तिरिदिने निर्णय गरेको हो ।

रोल्पामा पहिलो पटक २०६४ सालमा जलजला यातायात बस ब्यवसायि समिती स्थापनामा आएको थियो । साना ठुला गरि जम्मा १० वटा सवारी साधन बाट सुरुवाति गरेको समिती मार्फत भालुबाङ, घोराही र काठमाडौँ गरि दैनिक ३ वटा मात्र सवारी साधन जिल्ला बाट बाहिरीने गर्दथे । २०७६ सालमा सवारी तथा यातायात ब्यवस्थापन ऐन २०४९ को दफा ९३ बमोजिम समिती प्रा.लि.मा गएको थियो । अहिले साना ठुला गरि १ सय ३० वटा गाडीहरु प्रा.लि.मा आवद्ध रहेका छन । आफ्नै प्रशासनिक भवन बाट कार्यालय संचालन गरिरहेको प्रा.लि.मा स्थायी र अस्थायी गरि ४० जना कार्मचारी कार्यरत रहेका छन ।
नेपालका ठुला शहर काठमाडौ, पोखारा, बुटवल, नेपालगंज, दाङ, कृष्णनगर लगाएत जिल्लाका साथै बिभिन्न ठाउँमा गरि अहिले दैनिक करिब ३० वटा गाडी आवट जावट गर्ने प्रा.लि.ले जनाएको छ । ब्यवसायी हितका लागि कर तिरिदिने निर्णयको यो आर्थिक वर्ष बाट सुरुवात गरेको र आगामि आर्थिक वर्षमा पनि निरन्तरता दिने प्रयासमा रहने पा. लि. का अध्यक्ष रावटको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array