Ad image

परिवर्तन गाउँपालिकाद्वारा मुख्य बजार अनुगमन

मालश्री खबर
मालश्री खबर १३ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असोज १२ रोल्पा । परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिले बुधबार बजार तथा पसलको अनुगमन गरेको छ।दशै तथा तिहारलाई लक्षित गरि उपभोक्ता हित संरक्षण समितीले आफ्नो पालिका भित्र रहेका मुख्य बजार तथा पसलको अनुगमन सम्पन्न गरेको हो।

 

समितिले खाद्य र उपभोग्य सामानको अनुगमन गरेको परिवर्तन गाउँपालिकाले बताएको छ। परिवर्तन गाउँपालिका–५ पुतलाचौर,परिवर्तन गाउँपालिका–६ दुईखोली र परिवर्तन गाउँपालिका–३ बागमारा बजारका करिब ३० वटा पसलको अनुगमन गर्दा विभिन्न पसलका करिब ७ पसलबाट म्याद नाघेका सामानहरु बरामद गरेको छ। १५ बोरा आटा,४ थान कोक,१ बोरा चामल १५ प्याकेट बिस्कुट र ५० थान दालमोठ आदि रहेका छन्। पसल सञ्चालकले म्याद जान लागेका सामान म्याद जानू भन्दा पहिल्यै हटाउन वा सम्बन्धित कम्पनीलाई फिर्ता गर्न आग्रह गर्नुका साथै ब्यबसायिहरुलाई सचेत समेत गराएको छ ।

- Advertisement -
Ad image

 

 

अनुगमनका क्रममा बरामद गरेका म्याद नाघेका सामान परिवर्तन गाउँपालिकाले निर्णय गरी केही दिनपछी नष्ट गर्ने समेत जनाएको छ। साथै गाउँपालिका भित्र दर्ता नगरी संचालनमा रहेका पसललाई अनिवार्य पालिकामा दर्ता गरि सञ्चालन गर्न,नवीकरण नभएका ब्यबसायलाई समयमानै नवीकरण गर्न ब्यबसायिलाई सचेत गराउदै उपभोक्ता हित संरक्षण समितिले आग्रह समेत गरेको छ। उपभोक्ता हित संरक्षण समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको बजार तथा पसल अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगर,परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव राज न्यौपाने,परिवर्तन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दिपक घर्तीमगर ईलाका प्रहरी कार्यालय ओबाङका सव इन्सपेक्टर कमल थापा,परिवर्तन गाउँपालिकाका उद्योग वाणिज्य संघका संयोजक प्रेम कुमार बुढा मगर,प्रहरी कार्यालय बागमाराका असई झलक बहादुर बुढामगर,अस्थायी प्रहरी कार्यालय पुतलाचौरका असई दिल बहादुर थारु र पत्रकार सुर्य प्रकाश बुढा मगर लगाएत प्रहरी जवानहरुको सहभागिता रहेको थियो। गाउँपालिकाले अनुगमनलाई निरन्तरता दिने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array