Ad image

रोल्पामा खानेपानी तथा सरसफाइ कार्यालय स्थापनाको माग गर्दै, मन्त्रीलाई ज्ञापन पत्र

मालश्री खवर
मालश्री खवर २६ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख २६ गते रोल्पा

खानेपानी तथा सरसफाइ कार्यालय रोल्पामा स्थापना हुनु पर्ने माग गर्दै  लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको छ ।

हाल रोल्पाका लागि खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय प्युठानको बिजुवार बाट काम गर्दै आएको हुदा रोल्पालि जनतालाई काम गर्न असहज भएको भन्दै प्रदेश शहरी विकास तथा खानेपानी मन्त्रालमा ज्ञापन पत्र बुझाइएको बताइएको छ ।

रोल्पा उद्योग वाणिज्य सघं रोल्पाका अध्यक्ष केशब कुमार आचार्य, एमाले लुम्बिनी प्रदेश निवर्तमान सदस्य घनश्याम आचार्य, नेकपा एमाले रोल्पा नगर कमिटी अध्यक्ष बालाराम डागी  लगायतको एक टोलिले ज्ञापन पत्र बुझाएको हो ।

- Advertisement -
Ad image

ज्ञापन पत्र बुझ्दै लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले रोल्पामा डिभिजन कार्यालय स्थापना गर्ने, अन्य विकासको योजनाहरुबारे गम्भीरतापूर्वक लिएको र अब छिट्टै नै डिबिजन कार्यालय स्थापन गर्ने बताउनु भएको एमाले लुम्बिनी प्रदेश निवर्तमान सदस्य घनश्याम आचार्यले मालश्रीखबर लाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array