Ad image

धबाङ र खुमेल पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

मालश्री खवर
मालश्री खवर २६ बैशाख २०८१, बुधबार
2 Min Read
Aa

मालश्री खबर, वैशाख २६ गते रोल्पा

रोल्पा नगरपालिकाको धबाङ र खुमेल पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन् ।

स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ मंगलबार रोल्पा नगरपालिका १० धबाङ र ३ खुमेलमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

पूर्ण खोप समन्वय समिति रोल्पा नगरपालिकाको आयोजनामा धबाङमा संचालन भएको कार्यक्रमको अध्यक्षता धबाङका वडा अध्यक्ष मतिलाल डाँगी रहनु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा नगर उपप्रमुख गिता आर्चाय रहनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा विशिष्ट अतिथि टंक बहादुर गिरी, समाजसेवी पूर्ण बहादुर वली लगायतले मनतब्य दिनुभएको थियो ।

स्वास्थ्यचौकीका धनराज सुवेदीको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी डिल्लीरमन डाँगीले गर्नुभएको थियो ।

त्यसैगरी खुमेलमा संचालन भएको कार्यक्रमको अध्यक्षमा वडा नम्बार ३ का अध्यक्षमा राजकुमार पुरी को रहनु भएको थियो भने प्रमुख अतिथिमा नगर उपप्रमुख गिता आर्चाय रहनु भएको थियो ।

लक्ष्मी घर्तीको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सन्चालन खुमेल स्वास्थ्यचौकीका दलबहादुर नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नगर स्वास्थ्य शाखा प्रमुख टंक बहादुर गिरी, महिला स्वास्थ्य स्वंसेविका मिना रोका, स्वास्थ्य आमा समुहका अध्यक्ष भुमिका घर्ती, जनसुधार आ।बि।का प्रधानअध्यापक बमबहादुर पुरी, निर्वतमान वडा सदस्य लिलाराम नेपाली, समाजसेवी तथा नेपाली काँग्रेसका यामबहादुर पुरी लगायतले शुभकामना मनतब्य दिनुभएको रोल्पा नगरपालिका नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array