Ad image

राङ्सीको रेडियसन स्कुल गर्यो असल अभिभावक शिक्षा कार्यक्रम

मालश्री खवर
मालश्री खवर २७ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

सुरेन्द्र वलि
मालश्री खबर, वैशाख २७ गते रोल्पा ।

रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुल परिवर्तन २ राङ्सीले एकदिने असल अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार एक औपचारिक कार्यक्रमका बीच एकदिने असल अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

अभिभावक शिक्षा कार्यक्रममा शिक्षक, अभिभावक, विव्यस, शिक्षा सरोकारवालाहरु, पत्रकार, साहित्यकार लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image

शिक्षालाई व्यावहारिक, गुणस्तरीय एवम् सर्वाङ्गिण शिक्षा दिनको लागि शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको त्रिकोणात्मक सम्बन्ध स्थापित गर्दै असल अभिभावक शिक्षा कार्यक्रम मार्फत अभिभावकलाई जागरुक बनाउन उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

वोर्डिङ स्कुलका प्रिन्सिपल कमल वलीको अध्यक्षतामा रहेको कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्याब्सन रोल्पाका वरिष्ठ उपाध्यक्ष ओम केसी, विशिष्ट अतिथिको रुपमा प्याब्सन रोल्पाकै उपाध्यक्ष मधु केसी रहनु भएको थियो । असल अभिभावक शिक्षा कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा लाइफ कोचिङ एकेडमी काठमाडौंका प्रशिक्षक डी आर दाहाल रहनु भएको थियो ।

बोर्डिङ स्कुलका शिक्षक अनिसा रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक दुर्गा प्रसाद विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array