Ad image

स्वर्गीय वडा सदस्य विष्णु पुनको प्रतीक्षालय उदघाटन

मालश्री खवर
मालश्री खवर २६ बैशाख २०८१, बुधबार
2 Min Read
Aa

सुरेन्द्र वलि
मालश्री खबर, वैशाख २६ गते, रोल्पा

स्वर्गीय वडा सदस्य तथा कार्यपालिका सदस्य विष्णु पुनको प्रतीक्षालय उदघाटन गरिएको छ ।

रोल्पा, परिवर्तन गाउँपालिका २ राङ्सी झिबाङडाडा निवासी परिवर्तन गाउँपालिका २ राङ्सिका वडा सदस्य तथा कार्यपालिका सदस्य विष्णु पुनको प्रतिक्षालय उद्घाटन गरिएको हो ।

वि२०२७ साल जेठ ४ गते जन्म भै २०८० वैशाख २६ गते ५३ वर्षको उमेरमा निधन भएको थियो ।

- Advertisement -
Ad image

पुनको माया ममता र सम्झना लाई जिबितै राख्नका लागि चिनो बिसौना स्वरुप प्रतीक्षालय स्मृतिमा भृकुटी प्रावी भलाकाको प्राङ्गणमा शालिक सहित प्रतीक्षालय बनेको छ ।

स्वर्गीय वडा सदस्य तथा कार्यपालिका सदस्य विष्णु पुन को प्रतीक्षालय उदघाटनको अध्यक्षमा प्रतीक्षालय निर्माण समितिका अध्यक्ष तथा स्वर्गीय विष्णु पुनका छोरा रमेश पुन मगर रहनु भयको थियो ।

प्रमुख अतिथि परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादु बुढा मगर ९थमन० बिशिष्ट अतिथी परिवर्तन गाउँपालिका २ राङ्सि वडा अध्यक्ष हरिप्रसाद बुढा मगर सम्बेग रहनु भयको थियो ।

अतिथिहरु कार्यपालिका सदस्य उत्सिपा बि।क। वडा सदस्य पुर्ण बहादुर डागि माओवादी केन्द्र राङ्सिका पार्ती अध्यक्ष खडक प्रसाद वलि ९तेन्जिङ० स्वतन्त्र पार्ती परिवर्तन गाउँपालिका सह–संयोजक श्याम बि।क। नेपाली काङ्ग्रेस पुर्व प्रतिनिधि बलवीर डागी मिलमिलाप केन्द्र परिवर्तन गाउँपालिका २ राङ्सिका संयोजक धनसिङ राणा सहिद स्मृति युवा क्लबका अध्यक्ष झकु प्रसाद घर्ती पत्रकार सुरेन्द्र वलि राङ्सीमा रहेका टोल विकास संस्थाहरुका अध्यक्ष लगायत सम्पुर्ण राङ्सी बासी आमा बुबा दाजु भाइ दिदी बहिनी हरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array