Ad image

तेक्वान्दो डोजाङ प्रशिक्षण केन्द्रको लिबाङमा उद्धघाटन

मालश्री खवर
मालश्री खवर २७ बैशाख २०८१, बिहीबार
3 Min Read
Aa

रोल्पा जलजला र रोल्पा नगरपालिका तेक्वान्दो डोजाङ प्रशिक्षण केन्द्रको बिहिबार लिबाङमा उद्धघाटन गरिएको छ । रोल्पा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरको बिशिष्ट आतिथ्यतामा प्रशिक्षण केन्द्रको उद्धघाटन गरिएको आयोजकले जानकारी दिएको छ ।


उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले खेल खेल्नु स्वास्थ्यको लागीमा नभई राष्ट्रको लागी भएको बताउनु भएको छ । तेक्वान्दो खेललाई अर्जुन दृष्टिका साथ लागेमा अनिबार्य एक दिन सफल हुने बताउनु भएको छ ।तेक्वान्दो खेल विकासको लागी आफुले कार्यपालिकामा पहल गर्नुको साथै वडा बाट समेत सकेको सहयोग गर्नको लागी आफुले कुनै पनि प्रकारको कन्जुसाई नगर्ने समेत कार्यक्रमका प्रमुख अतिथि गुरुङले बताउनु भएको छ ।


कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरले रोल्पाको तेक्वान्दो खेल क्षेत्रको बिकासका लागी रोल्पा जलजला तेक्वान्दो सँघ रोल्पाले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । धेरै अभिभाबकहरुले रोल्पा जलजला तेक्वान्दा संघ प्रति बिश्वास गरेर नै आफ्ना बालबालिकाहरुलाई यसमा आबद्ध बनाएको भन्दै कार्यक्रमका बिशिष्ट अतिथि नबिनलोचन मगरले अभिभावकको आशा र खेलाडीको भबिश्यलाई ध्यान दिएर खेल सिकाउन आयोजकलाई आग्रह समेत गर्नु भएको छ ।


समापन कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्ष एंव रोल्पा जलजाल तेक्वान्दो संघ रोल्पाका प्रमुख तथा अध्यक्ष हेमन्त खत्रीले पछिल्लो समय तेक्वान्दो खेलका खेलाडीहरु ओलम्पिक खेल समेत खेलिसकेको बताउनु भएको छ । रोल्पा जलजाला तेक्वान्दो खेलमा आबद्ध खेलाडीहरु पनि आज अन्तराष्ट्रि खेल खेल्न सफल भएको अध्यक्ष खत्रीले बताउनु भयो । अहिले रोल्पा जिल्लाको दश वटा पालिकाहरु मध्य सात वटा पालिकामा तेक्वान्दो खेल संचालन भईरहेको पनि अध्यक्ष खत्रीले बताउनु भएको छ । यो खेलको विकासका लागी जिल्लाका सबै स्थानिय सरकारहरुले चासो दिएमा सबै स्थानिय तहहरुको यो खेल सञ्चालन गर्न सकिने समेत रोल्पा जलजाल तेक्वान्दो संघ रोल्पाका प्रमुख तथा अध्यक्ष हेमन्त खत्रीले बताउनु भएको छ ।

- Advertisement -
Ad image

उद्धघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, जिल्ला खेलकुद विकास समिती रोल्पाका सदस्य जयश्री रेग्मी, रोल्पा जलजला तेक्वान्दो संघ रोल्पाका सल्लाहकार राजन श्रेष्ठ, सत्प्रयास समुह रोल्पाका अभियान्ता कुल बहादुर डाँगी, रोल्पा जिल्ला तेक्वान्दो संघका लुम्बिनी प्रदेशका प्रतिनिधी सदस्य तथा अन्तराष्ट्रिय रेफ्री दिनेश बुढामगर, जिल्ला फुटबल संघ रोल्पाका कार्यबाहक अध्यक्ष पृथ्बी डाँगी, तेक्वान्दोकि अन्तराष्ट्रिय खेलाडी निर्मला बुढामगर, तेक्वान्दोका पुर्ब राष्ट्रिय खेलाडी बिरेन्द्र श्रेष्ठ, फुटबलका राष्ट्रिय खेलाडी कमलजंग सेन, चित्रकार रामचन्द्र श्रेष्ठ, तेक्वान्दोका पुर्ब खेलाडी सुनिता अधिकारी र अभिभाबक तिर्सना बुढामगर लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन रोल्पा जलजला तेक्वान्दो संघ रोल्पाका सचिव लोकेन्द्र सेनले गर्नु भएको थियो ।

      

प्रतिक्रिया दिनुहोस्

Array