Ad image

गंगादेवमा आँखा शिविर सम्पन्न, १० जनाको निःशुल्क शल्यक्रिया गरिने

मालश्री खवर
मालश्री खवर २५ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

हिमाली खड्का/मालश्री खबर, बैशाख २५ रोल्पा ।
गंगादेव गाउँपालिकाको जिनाबाङ स्वास्थ्य चौकीमा निःशुल्क आखाँ शिविर मंगलबार सम्पन्न भएको गंगादेव गाँउपालिकाको सचिवालयले जानकारी दिएको छ । तिलगंगा आँखा प्रतिष्ठान गौसला काठामाण्डौ, तिलगंगा सर्जिकल आँखा केन्द्र लिबाङ रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय तथा गंगादेव गाउँपालिकाको सहकार्यमा मंगलबार गंगादेव गाँउपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको बताइएको छ ।


मंगलबार भएको शिविरबाट जम्मा ९९ जनाको निःशुल्क आँखाको परिक्षण गरिएको जिनाबाङ स्वास्थ्य चौकीका प्रमुख दोर्ण डागीले जानकारी दिनुभएको छ । जसमध्य १० जनामा मोतियाविन्दु देखिएको र उनिहरुको जेष्ठ १३ र १४ गते घर्तिगाउँमा हुना आँखा शिविरमा निःशुल्क शल्यक्रिया गरिने भएको छ ।

शल्यक्रिया गरिने विरामीहरुलाई खान बस्नको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । त्यस्तै बैशाख २६ गते बुधबारका दिन गंगादेब गाँउपालिका वडा नं ७ को राकँ स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने गंगादेब गाँउपालिका अध्यक्ष हरि बहादुर पुनले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array