Ad image

रुन्टीगढीमा क्षमता विकास तालिम सुरु

मालश्री खवर
मालश्री खवर २५ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, बैशाख २५ रोल्पा ।

रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जन प्रतिनिधीहरुका लागि क्षमता विकास तालिम सुरु भएको छ ।

गाउँपालिका भित्रका जनप्रतिनिधीहरुलाइ दक्ष काम कर्तव्यमा निस्थावान तथा क्षमतावान बनाउने उदेश्यका साथ क्षमता विकास तालिम आयोजना गरिएको हो ।

रुन्टीगढी गाउँपालिकाको सहर्काय एंवम महिला सरोकार मञ्च नेपालको आयोजनामा तालिम संचालन गरिएको छ । बैशाख २४ बाट सुरु भएको तालिम बैशाख २६ गते सम्म संचालन हुने भएको छ । तालिम सम्पुर्ण वडाका वडा सदस्य सहित सम्पुर्ण जनप्रतिनिधी, गाउँपालिकाका कार्यपालिका सदस्य सहित सम्र्पुण जनप्रतिनिधीको सहभागिता रहेको छ । तीन दिन सम्म संचालन हुने तालिमको प्रशिक्षणमा बरिष्ठ प्रशिक्षक योगराज गाउले र सुमित्र अधिकारी हुनुहुन्छ ।

- Advertisement -
Ad image

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डागीको स्वागत मन्तव्यबाट सुरु भएको तालिम गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array