Ad image

गंगादेवमा निःशुल्क घुम्ती शिविर, ९५ जनाको जाँच

मालश्री खवर
मालश्री खवर २४ बैशाख २०८१, सोमबार
2 Min Read
Aa

गंगादेव गाउँपालिकामा एकदिने शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ । गंगादेव गाउँपालिकाको आयोजना तथा बिकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल पुनस्र्थापना केन्द्र बनेपाको प्राविधिक सहयोगमा सोमबार गंगादेव गाउँपालिकाको जिनाबाङ स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो । शिविरमा ९५ जनाको चेकजाच गरिएको हो ।

जसमध्य १० जना लाई अप्रेशनको लागी ज्च्म्ऋ बनेपामा भर्ना गर्नुपर्ने र २ जना लाई डा. कन्सटेशन मिति प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । त्यस्तै एक जनालाई वैशाखी एक जनालाई वाकर, एक जनालाई क्उष्लित तिन जनालाई विशेष जुता, दुई जनालाई लौरौ प्रदान तथा नाप लिइएको हो । शिविरमा दुईजना बालबालिकाको खुट्टाको प्लास्टर गरिएको थियो भने तीनजना बालबालिकालाई शल्यक्रिया गर्न रिफर गरिएको छ । रिफर गरिएका खुट्टा, हात र अन्य शारीरिक समस्या भएका बालबालिका छन् । शिविरमा स्वास्थ्य सेवा लिन आएका बालबालिकाहरुलाई फिजियोथेरापी गरिनुका साथै निःशुल्क औषधि वितरण र स्वास्थ्य परामर्श दिइएको अपांग बाल अस्पतालका डा. विवेक लामाले जानकारी दिनुभयो ।

गादेव गाउँपालिकाका स्वासथ्य शाखा प्रमुख नरहरीनाथ योगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो । उपाध्यक्ष अमृता कुमारी के.सी वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखाका तिलक राज वलीले गर्नुभएको जिनाबाङ स्वास्थ्य चौकीका प्रमुख दोर्ण डागीले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array