Ad image

मगर राष्ट्रिय मुक्ति मोर्चा परिवर्तनको प्रथम सम्मेलन सम्पन्न

मालश्री खवर
मालश्री खवर २४ बैशाख २०८१, सोमबार
3 Min Read
Aa

मालश्री खबर, बैशाख २४ रोल्पा

नेकपा माओवादी केन्द्रको भातृ संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल नेपाल परिवर्तन गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ।

“आत्मनिणर्यका अधिकार, स्वशासन र मगरात स्वयतता, बैज्ञानिक समाजवादका लागि सच्चा, सवल र सुदृढ एकता“भन्ने मुलनाराका साथ मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल परिवर्तन गाउँपालिका रोल्पाको आयोजनामा शुक्रबार परिवर्तन गाउँपालिका–५ राङ्कोटको बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा सम्पन्न भएको हो ।

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल परिवर्तन गाउँपालिकाका अध्यक्ष नन्द बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका अध्यक्ष हरिप्रसाद बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज कर्ण बहादुर बुढा मगर,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका उपाध्यक्ष बम बहादुर पुन, अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य विक्रम बाँठा मगर र नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका–२ राङ्सीका उपाध्यक्ष झक्कु प्रसाद घर्ती मगर र रोल्पा आईटीएफ तेक्वान्दो संघ रोल्पाका अध्यक्ष कृष्ण प्रसाद बाँठाको आतिथ्यता रहेको थियो ।

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल परिवर्तन गाउँपालिका सदस्य गञ्ज बहादुर बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका अध्यक्ष हरिप्रसाद बुढा मगरले माओवादी केन्द्र टाउको भएको बताउदै, मगर मोर्चा, वाइसीएल नेपाल, शिक्षक संघ, दलित संघ, महिला संघ रहेको बताउनु भएको छ ।

परिवर्तन गाउँपालिकामा मगरको बाहुल्यता ४९ प्रतिशत रहेको र नेकपा माओवादी केन्द्रको लामो संघर्ष, आन्दोलनबाट मगरहरु उपराष्ट्रपति, सभामुख, मन्त्री, सांसद, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरु बन्न सफल भएको बताउनु भएको छ ।

१० वर्षे जनयुद्धको उपलब्धिले अहिले संघीयता प्राप्त भएको र सिहं दरबारको अधिकार गाउँ–गाउँमा पुग्नु पनि मगरहरुको योगदान रहेको बताउनु भएको छ । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज कर्ण बहादुर बुढा मगरले करिब यो संगठन २०५४ साल चैत २४ गते स्थाप्ना भएको र नेकपा माओवादी केन्द्र निकट संस्था भएको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका उपाध्यक्ष बम बहादुर पुनले परिवर्तन गाउँपालिकाको सबै वडामा किताब पु¥याउने र आफ्नो हक,हित र अधिकारको लागि काम गर्नुपर्ने बताउनु भएको छ । साथै प्रथम सम्मेलनबाट सर्वसम्मत रूपमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल परिवर्तन गाउँपालिका गठन भएको छ ।

जसमा अध्यक्षमा चन्द्रसिह राणा मगर, उपाध्यक्षमा उर्मिला बुढा मगर,सचिवमा हरिष पुन मगर, सह–सचिवमा नन्द कुमार झाँक्री मगर,कोषाध्यक्षमा प्रकाश चन्द्र रोका मगर रहेका छन् । अन्य सदस्यहरुमा जुनै रोका मगर, ज्ञान बहादुर रोका मगर, पवित्रा बुढा मगर,रमा घर्ती मगर,धनराज घर्ती मगर, धन बहादुर घर्ती मगर,धर्म बहादुर घर्ती मगर,लक्ष्मण बुढा मगर,भिमलाल बुढा मगर,विमला रोका मगर,गञ्ज बहादुर बुढा मगर,प्रेम घर्ती मगर,जुनमाया राणा मगर,सम्झना राणा मगर,मनप्रसाद बुढा मगर र चन्द्र बहादुर बुढा मगर रहेका छन ।

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल परिवर्तन गाउँपालिकाको नयाँ कार्यसमितिमा २१ जनाको बनेको छ भने ६ सदस्यीय पछाडी थप्न गर्ने भनिएको छ । कार्यसमिति २७ जनाको बन्ने बताइएको छ । कार्यक्रम सञ्चालन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल जिल्ला समन्वय समिति रोल्पाका तदर्थ समितिका सदस्य कमल बुढा मगरले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array