Ad image

नेकपा एमाले लुङ्ग्रीको अधिवेशन सम्पन्न

मालश्री खवर
मालश्री खवर २३ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

मालश्री खबर, वैशाख २३ गते रोल्पा

नेपाल कम्युनिस्ट पार्टी एमाले लुङ्ग्री गाउँपालिकाको दोस्रो अधिवेशनले अध्यक्षमा वीरबहादुर खड्कालाई चयन गरेको छ ।

सनिबार लुङ्ग्री गाउँपालिकामा भएको अधिवेशनको उपाध्यक्षमा टेक बहादुर रोका, सचिवमा मदन गिरि, उपसचिवमा महेन्द्र पुन र कमला बिष्ट लगायत २१ सद्सीय कार्य समिति चयन गरिएको नेकपा एमाले रोल्पाले जानकारी दिएको छ ।

नेकपा एमाले लुङ्ग्री गाउँपालिका अध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमालेका केन्द्रिय सदस्य कुमार दसौदी रहनु भएको थियो ।
विशिष्ट अतिथिमा नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश सांसद यमुना रोका रहनु भएको थियो ।
नेकपा एमाले रोल्पाले जिल्लाका स्थानीय तहमा अधिवेशन गरिरहेको छ ।अहिले सम्म ६ वटा स्थानीय तहमा आफ्नो अधिवेशन सम्पन्न गरिसकेको छ ।

- Advertisement -
Ad image

आज आइतबार गंगादेव गाउँपालिकामा अधिवेशन हुन लागेको र भोली माडी गाउँपालिकामा अधिवेशन हुने नेपाल कम्युनिस्ट पार्टी एमाले रोल्पाका अध्यक्ष अमृत बुढामगरले मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array