Ad image

परिवर्तनमा राष्ट्रिय ज्योतिष परिषद रोल्पाको भेला सम्पन्न

मालश्री खवर
मालश्री खवर २३ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

मालश्री खबर, बैशाख २३ रोल्पा

परिवर्तन गाउँपालिकामा राष्ट्रिय ज्योतिष परिषद रोल्पाको आम भेला कार्यक्रम सम्पन्न भएको छ । शनिबार वडा नं. ३ मा एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

जेष्ठ नागरिक देउ वर घर्तीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथिमा राष्ट्रिय ज्योतिष परिषद रोल्पाका अध्यक्ष लिलाधर पन्थी रहनुभएको थियो । राष्ट्रिय ज्योतिष परिषद रोल्पा शाखाले रोल्पा जिल्लाको ६ वटा पालिकामा आफ्नो संगठन विस्तार गरिसकेको छ ।

जस्मा परिवर्तन, सुनछहरी, त्रिवेणी, सुनिलस्मृति, लुङग्री गाउँपालिका र रोल्पा नगरपालिका रहेका छन् । राष्ट्रिय ज्योतिष परिषद रोल्पा जिल्ला शाखाका सचिव तिलचन्द्र आचार्यका अनुसार ज्योतिष परिषद जिल्लाका सबै स्थानीय तहहरुमा संगठन विस्तारको लागि तीव्र कार्य भईरहेको बताउनुभयो ।

- Advertisement -
Ad image

आम भेलाबाट नेपाल राष्ट्रिय ज्योतिष परिषद परिवर्तन गाउँपालिका गाउँ कार्य समितिबाट ११ सदस्यीय समिति गठन गरिएको छ । थप पछि २ जना सदस्य मनोनयन गरिने गरि समिति गठन गरिएको राष्ट्रिय ज्योतिष परिषद रोल्पाले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

जस्को अध्यक्षमा माया कुमारी पुन, उपाध्यक्षमा शोभाराम शर्मा, धनबहादुर वली, सचिवमा झपिराम डाँगी, कोषाध्यक्षमा नवराज के.सी., सदस्यहरुमा अम्र बुढा, कुशुमबहादुर वली, खिमलाल के.सी, ओम प्रसाद बुढा रहनुभएको छ । यस्तै सल्लाहकारहरुमा देउवर घर्ती, जयबहादुर डाँगी, भरमन पौडेल, विरबहादुर वली र धनबहादुर वलि रहनुभएको छ ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय ज्योतिष परिषद रोल्पा जिल्ला शाखाका सचिव तिलचन्द्र आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array