Ad image

कपडा तथा सिलाई व्यावसायी संघ रोल्पाको अध्यक्षमा मनबहादुर नेपाली

मालश्री खवर
मालश्री खवर २३ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

मालश्री खबर, वैशाख २३ गते रोल्पा ।

नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघ रोल्पाले नयाँ कार्य समिति चयन गरेको छ ।

दोस्रो जिल्ला अधिवेशनबाट मनबहादुर नेपालीको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति गठन गरिएको छ ।

जस्को उपाध्यक्षमा अम्बरे घर्ती, सचिवमा थमन बिष्ट, कोषाध्यक्षमा गुनसरी बुढा चयन हुनु भएको नेपाल कपडा तथा सिलाई व्यावसायी संघ रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

दोस्रो अधिवेशन कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघका केन्द्रिय सदस्य रुपलाल परियार, विशिष्ट अतिथिमा घरेलु तथा साना उद्योग रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद सर्मा, नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघ लुम्बिनी प्रदेश संयोजक सुरेन्द्र दर्नाल रहनु भएको थियो ।

नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघले सिलाई व्यावसायीहरुको हकहितको लागि काम गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array