Ad image

रोल्पामा एक युवकको शव फेला

मालश्री खवर
मालश्री खवर २२ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख २२ रोल्पा ।

रोल्पामा एक युवकको शव फेला परेको छ । जिल्लाको माडिचौर खोलामा शनिबार विहान शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता राम नारायण गुप्ताका अनुसार मृतक रोल्पा नगरपालिका वडा नं ४ का वर्ष १८ का भुवन कुँवर रहेका छन् । शुक्रबार साझँ लिबाङबाट ६ जना युवा मोटर साइकलबाट माडिचौर गएको  प्रहरीले बताएको छ । मृत्युको कारण भने अझैँ खुल्न नसकेको प्रहरीले बताएको छ ।

घटना शुक्रबार रातिको भए पनि शनिबार विहान माछा मार्न गएका स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । कुँवरसँगै गएका उनका साथीहरुलाई प्रहरी नियन्त्रणमा लिई घटनाको अनुसन्धान भईरहेको गुप्ताको भनाई छ । मृतक कुँवरलाई पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघामा लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array