Ad image

निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविरको स्वास्थ्य मन्त्री पुनद्धारा उद्धघाटन

मालश्री खवर
मालश्री खवर २२ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

मालश्री खबर, बैशाख २२ रोल्पा ।

निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविरको आज लिबाङमा उद्धघाटन गरिएको छ । शिविरको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री एंव प्रबत्ता दिपेन्द्र कुमार पुनले गर्नु भएको आयोजकले जानकारी दिएको छ । पशुपति होमियोप्याथिक चिकित्सालय हरिहर भवन पुल्चोक ललितपुरको आयोजना र रोल्पा नगरपालिकाको व्यवस्थापनमा शिविरको आयोजना गरिएको बताइएको छ ।


स्वास्थ्य शिविर उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले मानिस स्वस्थ हुनको लागी मान्छेको शरिर, मन र भाबना एक ठाँउमा हुनुपर्ने बताउनु भएको छ । मानिसको शरिर, मन र भावना एक ठाँउमा हुन सकेन भने मानिस बिरामि हुने समेत मन्त्री पुनले बताउनु भएको छ । कहिले काँही यो चिजले मेरो शरिरलाई असर गर्छ भन्ने थाहा हुँदाहरदै पनि मन र भाबनाले त्यो चिज सेवन गर्न बाध्य बनाउँदा मानिस अस्वस्थ हुने भएको हुनाले आफु स्वस्थ हुनको लागी पनि शरिर, मन र भावनाको एकै साथ उपचार गर्नु पर्ने बताउनु भएको छ । होमियोप्याथिक स्वास्थ्य सेवा नेपालमा बर्षौ पहिले भित्रिएको हुनाले यो स्वास्थ्य सेवा निकै प्रभाबकारी भएको भन्दै मन्त्री पुनले यो शिविरमा जति सक्यो धेरैले स्वास्थ्य सेवा लिनको लागी समेत आग्रह गर्नु भएको छ ।


रोल्पा नगरपालिका नगरप्रमुख सुरेन्द्र थापा घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा, सुनिलस्मृती गाँउउपालिका अध्यक्ष मणिराम बुढाथोकी, रोल्पा नगरपालिका उपमेयर गिता आचार्यको बिशिष्ट आतिथ्यता रहेको थियो । उद्धघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझि, पशुपति होमियोप्याथिक चिकित्सालय हरिहर भवन पुल्चोक ललितुरका पुर्ब डाक्टर प्रमेनारायण श्रीवास्तब लगाएन अन्य डाक्टर लगाउतको आथित्यता रहेको थियो । कार्यक्रमको संचालन पशुपति होमियोप्याथिक चिकित्सालय हरिहर भवन पुल्चोक ललितुरका सिनियर अहेब नागमणि कुमार पत्तेलले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

शिबिरमा पशुपति होमियोप्याथिक चिकित्सालय हरिहर भवन पुल्चोक ललितुरका डाक्टर रणकुमार अधिकारीको नेतृत्वको १८ जना चिकित्सक तथा स्वास्थ्य कर्मिको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको रोल्पा नगरपालिका स्वास्थ्य शाखा प्रमुख टंक गिरीले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ । शिबिरमा जम्मा ७ सय २३ जनाले सेवा लिएको समेत स्वास्थ्य शाखा प्रमुख गिरीले बताउनु भएको छ ।

  

 

प्रतिक्रिया दिनुहोस्

Array