Ad image

रोल्पामा जीप दुर्घटना हुँदा ७ जना घाइते

मालश्री खवर
मालश्री खवर ८ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ८ रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिकामा जीप दुर्घटना भएको छ । जेलबाङबाट सुलिचौर आउदै गरेको रा १ ज ४०५ नम्बरको गाडी जैमाकसलाको बामरी भन्ने ठाउँमा आज विहान ९ बजेर ३० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जीपमा चालक र सह–चालक सहित ७ जना यात्रु रहेको बुझिएको छ । दुर्घटनाबाट ७ जना घाइते भएका छन् । घाईतेहरुको सुलिचौरमा सामान्य उपचार पछि ५ जनालाई मेडिकल कलेज कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रामनारायण गुप्ताले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा सुनछहरी गाउँपालिका ५ जैमाकसलाका जीप चालक वर्ष २८ का श्याम विष्ट, सोही ठाउँका वर्ष १७ का सह–चालक चन्द्र रोका, सुनछहरी गाउँपालिका ७ जेलबाङकी वर्ष १५ फूलमाया बुढा, सोही ठाउँ निवासी वर्ष ४३ का गंगाराम रोका, वर्ष १८ का ओमप्रकाश बुढा, वर्ष ११ कि जस्मिन रोका, वर्ष १८ का सुनिल बुढामगर रहेका छन् । जीप सडकबाट १०० मिटर तल खसेको प्रहरीले बताएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array