Ad image

रेडक्रस, सुलिचौर उपशाखाले अग्नि पीडितको आवास पुनःनिर्माणमा सहजीकरण गर्ने

मालश्री खवर
मालश्री खवर २० बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

भरत बिश्वकर्मा /मालश्री खबर, वैशाख २० गते ।
नेपाल रेडक्रस सोसाइटी, सुलिचौर उपशाखा, रोल्पाको तेस्रो पूर्ण बैठक बिहिबार सुलिचौरमा सम्पन्न भएको छ । रेडक्रस सोसाइटीको वुधबार बसेको वैठकले यही बैशाख ११ गतेका दिन सामुदायिक वनबाट लागेको डढेलोका कारण सुनिलस्मृति गाउँपालिका वडा नं. २, तिमिले निवासी डम्बे गिरी, रिद्धिबहादुर सिंह र मने कामीको घरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको हुँदा उपशाखाका सभापति दीपेश विष्ट र सचिव योगेन्द्र थापाको २ जनाले तत्काल स्थलगत अनुगमन गरी आवश्यकताको आधारमा अग्नी पीडितहरुको आवास पुनः निर्माण कार्यमा सहजीकरण गर्ने निर्णय गरेको सभापति दिपेश विष्टले जानकारी दिनुभएको छ ।

साथै उक्त अग्नीपीडितहरुको आवास पुनः निर्माणमा सहयोग गर्न सम्पूर्ण सरकारी, गैरसरकारी संघ,संस्था तथा अन्य सहयोगी मनहरुलाई सहयोगको लागि अपिल समेत गरिएको छ । साथै उक्त वैठकले थबाङ गाउँपालिका वडा नं. ५ निवासी, हाल सुलिचौरमा बसोबास गर्दै आएकी १७ वर्षीया आनन्सी वि.क. (शरीरको कम्मर भन्दा मुनिको भाग पूर्ण रुपमा नचल्ने) लाई उपचारार्थ ५ हजार रुपैयाँ अभिभावकसँग समन्वय गरी सहयोग गर्ने निर्णय समेत गरेको छ । र नेपाल रेडक्रस सोसाइटी, सुलिचौर उपशाखा, रोल्पाको कार्यक्षेत्र भित्रका साधारण सदस्य, आजीवन सदस्य विशिष्ट सदस्य लगायत अन्य सदस्यहरुको पहिचान खुल्ने गरी आफ्नै रजिष्टर निर्माण गरी अभिलेख राख्ने निर्णय समेत गरिएको सचीव योगेन्द्र थापाले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी, सुलिचौर उपशाखा, रोल्पाको अघिल्लो (दोस्रो) बैठकले गरेका निर्णयहरुमाथि समीक्षा गर्दै प्राविधिक कारणले कार्यान्वयन हुन बाँकी निर्णय यथाशीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array