Ad image

माडी साँस्कृतिक तथा साहित्यिक कार्यक्रम उद्घाटन

मालश्री खवर
मालश्री खवर २० बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

भुपेन घर्ती मगर,

मालश्री खबर, बैशाख २० रोल्पा ।

माडी साँस्कृतिक तथा साहित्यिक कार्यक्रम उद्घाटन गरिएको छ ।

स्थानीय भाषा कला सँस्कृति र साहित्यको प्रवर्द्धन गर्दै सम्मान, प्रोत्साहन खोजी र जगेर्ना गर्ने उदेश्यले हिजो माडी गाउँपालिका घर्तीगाउँको कृष्ण माबि माडी २ मा कार्यक्रम उद्घाटन गरिएको हो ।

- Advertisement -
Ad image

कार्यक्रमको प्रमुख अतिथिमा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती मगर रहनु भएको थियो ।

अतिथिहरूमा माडी गाउँपालिकाकी उपाध्यक्ष जयपुरी घर्ती, माडी गाउँपालीका का प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर भण्डारी, बरिष्ठ साहित्यकार डिबि टुहुरो , गिता निर्दोषी , अमर जिएम माडी गाउँपालीका का सम्पुर्ण वडा का वडा अध्यक्ष विभिन्न पार्टीका प्रतिनिधि पत्रकार लगायतको उपस्थित रहेको थियो ।

माडी गाउँपालीका अध्यक्ष अमरसिंह घर्तीले पुराना कला संस्कृति लाई जगेर्ना गर्न कार्यक्रम गरिएको बताउनु भयो । यस्तो कार्यक्रम पहिलो भएकाले सोचेको भन्दा धैरैको उपस्थितिले आगामी दिनमा यस्तै कार्यक्रम का साथ कला संस्कृती जगेर्ना गर्न गाउँपालीका तत्पर रहने बताउनु भयो ।

कार्यक्रमको अवसरमा  माडी भित्रका बरिष्ठ साहित्यकार डिबि टुहुरो, गिता निर्दोषी र अमर जिएम साम्मानित हुनुभएको छ ।

कार्यक्रममा माडी गाउँपालिका वडा स्तरीय पैसेरू नाच प्रर्दशनी प्रतियोगिता जसमा पुरस्कार राशी प्रथम पुरस्कार रू ७५ हजार , द्वितिय पुरस्कार ५० हजार तिर्तिय पुरस्कार ३५ हजार र सहभागी पुरस्कार २५र२५ हजार रहेको थियो ।

जसमा प्रथम माडी ५ भावाङ, द्वितिय माडी ६ कोर्चाबाङ र तिर्तिय माडी २ घर्ती गाउँ ले पुरस्कार हात पारेका छन्

त्यसै गरि माडी भित्रको खुल्ला गजल प्रतियोगिता को पुरस्कार राशी १० हजार , ७ हजार र ५ हजार रहेको थियो । जसमा प्रथम मोहन गाउँले मगर , द्वतिय आभास खड्का बेसाहार र तिर्तिय ओमसरा घर्ती ले हात पारेका हुन् ।

माडी गाउँपालिका र माडि प्रज्ञा प्रतिष्ठानको आयोजनामा  कार्यक्रमको सञ्चालन बिरसिङ वली र समापन माडी प्रज्ञा प्रतिष्ठान का अध्यक्ष दल बहादुर घर्ती ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array