Ad image

समाज सेवामा अग्रसर बन्दै युथ अफ क्लब धौलाबाङ

मालश्री खवर
मालश्री खवर १९ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख १९ रोल्पा ।

रुन्टीगढी गाउँपालिका वडा नं. ५ मा रहेको युथ अफ धौलाबाङ क्लब पछिल्लो समय समाज सेवामा अग्रसर बन्दै गएको छ । २०८० चैत्र २३ गते स्थापना भएको क्लबले नयाँ वर्षको अवसर पारेर विविध खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका थिए । सोही कार्यक्रमबाट जम्मा भएको रकमलाई समाजमा रहेका दुःखी गरिबी तथा अशक्त अपाङ्ख भएकाहरुलाई सहयोग गरिने क्लबले बताएको छ ।

- Advertisement -
Ad image

त्यसैक्रममा रुन्टीगढी गाउँपालिका वडा नं. ५ जस्पुर निवासी बोन म्यारो रोग लागेका सुन्दर घर्तीलाई रकम हस्तान्तरण गरिएको क्लवका अध्यक्ष दिनेश वलिले जानकारी दिनुभएको छ । बुधबार श्रमिक दिवसको अवसर पारेर घर्तीको घरमा पुगेर उहाँकी आमालाई रकम हस्तान्तरण गरीएको वलिको भनाई छ । साथै घर्तीको स्वास्थ्य लाभको कामना गर्दै क्लबले आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ ।

यसरी नै गाउँटोलमा स्थापना भएका क्लबहरुले राम्रो कार्य गर्दै अगाडी बढेमा समाज परिवर्तन हुने पक्का देखिन्छ । सुरुवात तपाई आफैबाट गर्नुहोस्, परिवर्तन निश्चित रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array