Ad image

रोल्पाको सुनिलस्मृति रुईनिबाङ बजार सरसफाई

मालश्री खवर
मालश्री खवर ७ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ७ रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका रुईनिबाङ बजार सरसफाई गरिएको छ । हाम्रो सुलिचौर, हामी सफा गर्छाै भन्ने उद्देश्यले प्रत्येक हप्ताको एक पटक बजार क्षेत्र सरसफाई गरिदै आईएको छ ।

शुक्रबार सुनिलस्मृति गाउँपालिकाको अगुवाईमा रुईनिबाङ क्षेत्रमा सरसफाई गरिएको गाउँपालिका नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक चेतमान विष्टले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

सरसफाई कार्यक्रममा गाउँपालिकाका कर्मचारी, विभिन्न संघ सस्थामा आवद्ध कर्मचारी, नगरप्रहरी लगायत स्थानीयबासीको सहभागिता रहेको थियो । गाउँपालिकाको केन्द्र मानिने सुलिचौर बजारमा पछिल्ला दिनमा सरसफाईलाई निरन्तरता दिँदा बजार क्षेत्र सफा देखिन्छ ।

- Advertisement -
Ad image

गर्मि बढेसँग फोहोर जम्मा हुँदा विभिन्न खाले रोग देखा पर्ने भएकाले सरसफाई अभियानलाई अगाडी बढाईएको स्थानीयबासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array