Ad image

साउदीमा जेल परेका रोल्पाका विनोदलाल परियार सकुशल घर फिर्ता

मालश्री खवर
मालश्री खवर ७ बैशाख २०८१, शुक्रबार
5 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर, बैशाख ७ रोल्पा ।

साउदीको जेलमा परेका विनोदलाल परियार सकुशल घर फिर्ता हुनु भएको छ । करिब पाँच बर्ष अगाडि रोजगारीको शिलशिलामा परियार साउदी पुग्नु भएको थियोे ।

२०८० मंसिर देखी फाल्गुनसम्म सञ्चालित गरिएको विनोदलाल परियार उद्दार अभियानबाट परियार बिहीबार आफ्नै जन्मठाउँ माडी गाउँपालिका ५ सरुवामा आउनु भएको हो । परियारले साउदीमा ड्राइभर गर्नुहुन्थ्यो र उहाँले चलाएको गाडी एक्सिडेन्ट् भएको थियोे भने गाडी भित्तामा ठोकिँएको थियोे र तीन बर्ष पछी घर आउने भन्दा साउदीकै नागरिकले एक्सिडेन्ट्को मुद्दा दर्ता भएको परियारले बताउनुभयो ।

१० बर्ष जेल र साउदीकै डलर ३० हजार ४ सय २ रुपियाँ जरिवाना तोकिएको परियारको भनाई छ । त्यस लगत्तै उद्दार अभियानको नेपालको तर्फबाट संयोजक रोशन परियार रहनु भएको थियोे । उहाँकै अध्यक्षतामा बिहीबार एक कार्यक्रमको आयोजना गरि आयव्य प्रस्तुत तथा परियारलाई घरमा स्वागत तथा आयव्यय प्रस्तुत समेत गरिएको थियोे ।
जसमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनी बाट परियारको उद्दार अभियानबाट जम्मा संकलित रकम ११ लाख ५७ हजार १ सय ६२ रुपियाँ उठेकोमा खर्चतर्फ विनोदलाल को साउदी जेलमा तिरेको रकम १० लाख ६४ हजार ७० रुपियाँ रहेको छ । विनोदलाललाई काठमाडौदेखि घरसम्मको भाँडा १५ हजार ३ सय ९५ रुपियाँ रहेको बताईएको छ । रसिद छपाई तथा छाप बनाउदा ५ हजार ८ सय रुपियाँ रहेको छ । जम्मा खर्च १० लाख ८५ हजार २ सय ६५ रुपियाँ रहेको छ । तिरेर बचेको रकम ७१ हजार ९ सय रुपियाँ रहेको छ ।

- Advertisement -
Ad image

साथै ७१ हजार ९ सय बचत रकमलाई दुर्घटना, रोगले ग्रसित र उपचार्थ व्यक्तिलाई सहयोग गर्ने समेत बताइएको छ । बचत रकमलाई उद्दार गरिएको परियारलाई घरमा स्वागत तथा आयव्यय कार्यक्रमका प्रमुख अतिथी माडी गाउँपालिका ५ भावाङका वडा अध्यक्ष तेजेन्द्र वुढामगर र अभियानका सक्रिय सदस्य तथा नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष भरत बहादुर बुढामगरले हस्तान्तरण समेत गर्नु भएको छ ।

जसमा माडी गाउँपालिका ५ टाङधारा निवासी गणसरी वलीलाई ८ हजार दिइएको छ।माडी गाउँपालिका ५ झौबाङ निवासी नरबहादुर वलीलाई ८ हजार ५ सय दिइएको छ । माडी गाउँपालिका ५ बाङ्मा निवासी पर्मलाल बुढामगरलाई ८ हजार ५ सय दिइएको छ । माडी गाउँपालिका ५ एनाबाङ निवासी प्रेम घर्तीमगर लाई ८ हजार ५ सय दिइएको छ । थबाङ गाउँपालिका ४ तेलखोला निवासी अस्मिता विकलाई ९ हजार दिइएको छ । माडी गाउँपालिका ५ जङमाङ० निवासी नरसिङ बुढामगरलाई १० हजार दिइएको छ ।

माडी गाउँपालिका ५ जङमाङ निवासी अमरबहादुर बुढा मगरलाई ८ हजार ५ सय दिइएको छ।माडी गाउँपालिका ५ झौबाङ निवासी हरिकला घर्तीमगरलाई ७ हजार ५ सय दिइएको छ । कार्यक्रम व्यवस्थापन खर्च ३, हजार ४ सय खर्च भएको जनाइएको छ । त्यस्तै बिनोदलाल परियार उद्दार अभियानमा आवद्ध भइ आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुहुने भिमबहादुर बाँठा मगर (चिरन) सन्तबहादुर घर्तीमगर, धनबहादुर बुढामगर, सविना घर्तीमगर, पहिलो पाईला नेपाल, प्रकाश बिक, बिष्मलाल परियार, हिरालाल घर्ती, लोकेन्द्र बुढामगर, अमर डाँगी, गौप्रसाद घर्ती, तिर्थ बुढामगर, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखा रहेका छन ।

अभियानका मुख्य संयोजक गंगाराम बुढामगर (जि.आर.गाउँले) यस युनिट टिम परबासी समूहका अध्यक्ष, रुपेश बिक, मन बहादुर परियार, भरत बहादुर बुढामगर नेकपा माओवादी केन्द्र माडी गाउँपालिकाका कार्यवाहक अध्यक्ष र प्रशासनिक सहजीकरण तेजेन्द्र बुढामगर रहेका छन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीको साथ सहयोगले आफू स्वदेश फर्किन सफल भएको बिनोदलाल परियारले बताउनु भएको छ।

परियारले आफू सहयोग गर्ने सबैको ॠणी भएको समेत बताउनु भएको छ । घरपरिवारको तर्फबाट साउदीको जेलबाट उद्दार गर्न सहयोग गर्न भूमिका खेल्ने सबै सहयोगी मनभएका परोपकारी तथा सहयोगीहरुप्रती परियारका जीवन सँगीनी रिता परियारले सम्झना र धन्यवाद व्यक्त गरिन ।

परियारले मेरो श्रीमानलाई उद्दार गर्न सहयोग गरिदिनु भयो तपाईं सबै सहयोगी प्रति हाम्रो परिवार ॠणी छ र ॠणी भएका छौं र आफूलाई पर्दा मात्र होइन अरुलाई पर्दा पनि सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास पैदा भएको बताइन । अप्ठ्यारो परेको बेला सबैले सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्नु आवश्यक रहेको देखिन्छ यो उद्दार कार्यले पुष्टि गरेको छ ।

  

प्रतिक्रिया दिनुहोस्

Array