Ad image

तेस्रो लुङ्ग्री अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

मालश्री खवर
मालश्री खवर ७ बैशाख २०८१, शुक्रबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा,

मालश्री खबर, बैशाख ७ रोल्पा ।

लुङ्ग्री गाउँपालिकाको आयोजनामा आयोजना गरिएको तेस्रो लुङ्ग्री अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ लुङ्ग्री गाउँपालिका ५ खारखोला खेलमैदानमा बिहीबार सम्पन्न भएको हो ।

तेस्रो लुङ्ग्री गाउँपालिका अध्यक्ष कप बैशाख २ गतेदेखि ६ गतेसम्म आयोजना गरिएको थियो । लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाको अध्यक्षतामा भएको समाप्न कार्यक्रममा लुङ्ग्री गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी गिरी,लुङ्ग्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर परियार,लुङ्ग्री गाउँपालिका(१ का वडा अध्यक्ष गणेश पुन,लुङ्ग्री गाउँपालिकाका प्रवक्ता तथा ६ का वडा अध्यक्ष जोख बहादुर बुढाथोकी,साहस नेपाल लुङ्ग्री गाउँपालिका हेइपोर प्रोजेक्टका संयोजक केशव भुसाल,गुरुङ राष्ट्रिय परिषद रोल्पाका अध्यक्ष महेन्द्र बहादुर गुरुङ,रेडियो मालश्रीका पत्रकार गणेश केसी, जिल्ला क्रीकेट संघ रोल्पाका उपाध्यक्ष चुमान बिष्ट,खेलकुद व्यवस्थापक तथा सल्लाहकार केशव बिष्ट र प्रहरी चौकी किलाचौरका असईई खगेश्वर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियोे ।

- Advertisement -
Ad image

आधारभूत विद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रथम सामाजिक मावि लुङ्ग्री गाउँपालिका ३ भएको छ नगद १० हजार प्राप्त गरेको छ । द्वितीय बिजयीश्वरी आधारभूत लुङ्ग्री गाउँपालिका ४ भएको छ नगद ७ हजार प्राप्त गरेको छ ।तृतीय जनज्योति मावि लुङ्ग्री गाउँपालिका ६ भएको छ नगद ५ हजार प्राप्त गरेको छ । माध्यमिक विद्यालय बक्ततृत्व कला प्रतियोगितामा तृतीय भिम कुमारी खड्काले नगद ३ हजार प्राप्त गरेका छन ।

द्वितीय लेखनाथ विकले नगद ५ हजार प्राप्त गरेका छन । प्रथम सरला विष्टले नगद ७ हजार प्राप्त गरेका छन । महिला भलिबलको सेमिफाइनल दुई टिम लुङ्ग्री गाउँपालिका १ र लुङ्ग्री गाउँपालिका ४ ले नगद १० र १० हजार प्राप्त गरेको छन । उपविजेता लुङ्ग्री गाउँपालिका ३ भएको छ नगद ३० हजार प्राप्त गरेको छ । विजेता लुङ्ग्री गाउँपालिका २ भएको छ नगद ५० हजार प्राप्त गरेको छन । पुरुष भलिबल प्रतियोगितामा दुई सेमिफाइनल टिम लुङ्ग्री गाउँपालिका १ र लुङ्ग्री गाउँपालिका ५ ले नगद १० र १० हजार प्राप्त गरेको छन ।

लुङ्ग्री गाउँपालिका २ उपविजेता भएको छ नगद ३० हजार प्राप्त गरेको छ । विजेता लुङ्ग्री गाउँपालिका ३ भएको छ नगद रु ५० हजार प्राप्त गरेको छ । पुरुष फुटबल दुई सेमिफाइनल टिम लुङ्ग्री गाउँपालिका३ र लुङ्ग्री गाउँपालिका ६ भएका छन नगद १०र१० हजार प्राप्त गरेका छन् । फुटबल उपविजेता लुङ्ग्री गाउँपालिका५ भएको छ नगद ३० हजार प्राप्त गरेको छ ।

विजेता लुङ्ग्री गाउँपालिका ४ भएको छ नगद ५० हजार प्राप्त गरेको छ । रोल्पा जिल्ला पालिका तथा नगर स्तरीय क्रीकेट प्रतियोगितामा सेमिफाइनल दुई टिम सुनछहरी गाउँपालिका र लुङ्ग्री गाउँपालिका भएका छन १० र १० हजार प्राप्त गरेका छन । उपविजेता रोल्पा नगरपालिका भएको छ नगद ३० हजार प्राप्त गरेको छ । विजेता सुनिलस्मृती गाउँपालिका भएको छ नगद ५० हजार प्राप्त गरेको छ ।

रोल्पा जिल्लामा क्रीकेट प्रतियोगिताको पुरस्कार राशी अहिलेसम्मकै बढी राखिएको समेत गाउँपालिकाले जनाएको छ।त्यस्तै महिला भलिबलमा उत्कृष्ट खेलाडीमा चित्रकला पुन बन्न सफल भएको र पुरुष भलिबलमा उत्कृष्ट खेलाडीमा लेखनाथ जिसी बन्न सफल भएको बताइएको छ भने पुरुष फुटबलको उत्कृष्ट खेलाडीमा सन्तोष थापा र क्रीकेटमा उत्कृष्ट खेलाडीमा ॠषिकेश डाँगी बन्न सफल भएको बताइएको छ । कार्यक्रमको सञ्चालन सञ्चालन लुङ्ग्री गाउँपालिका रोजगार शाखा प्रमुख सुन्दर बहादुर घर्ती मगरले गर्नु भएको थियोे।

प्रतिक्रिया दिनुहोस्

Array