Ad image

लुङ्ग्री अध्यक्ष कप क्रिकेटमा सुनिलस्मृतिका खेलाडी विजयी

मालश्री खवर
मालश्री खवर ७ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर वैशाख ७ गते रोल्पा

लुङ्ग्री गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनिलस्मृति गाउँपालिकाका खेलाडीहरूले प्रथम स्थान हासिल गरेका छन् ।

वैशाख २ गते देखी लुङ्ग्री गाउँपालिकामा संचालन भएको दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सहभागी भई सुनिलस्मृति गाउँपालिकाका खेलाडीहरूले प्रथम स्थान हासिल गरेका हुन् ।

विजयी खेलाडीलाई सुनिलस्मृति गाउँपालिकाले सम्मान गरेको छ । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी र उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराई सहितले सम्मान गर्नु भएको हो ।

- Advertisement -
Ad image

गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले सम्पूर्ण खेलाडीहरूलाई सम्मान गर्दै आगामी दिनमा खेल क्षेत्र र खेलाडीहरूलाई प्रोत्साहन हुने गरि नीति तथा कार्यक्रम बनाउने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array