Ad image

लाली गुराँस युवा क्लवको २६ औं वाषिकोत्सव दास्रो दिन पनि जारी

मालश्री खवर
मालश्री खवर ६ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ६ रोल्पा ।
लाली गुराँस युवा क्लवको २६ औं वाषिकोत्सवको आज दास्रो दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा बृहत संस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको छ ।

“सभ्य समाजका लागि संस्कृती, विकास र परिवर्तनका लागि यूवाहरु” भन्ने मुल उद्देश्यका साथ क्लवले खेलकुद तथा साँस्कृतिक कार्यक्रम परिबर्तन गाँउपालिका वडा न. ३ बागमारा स्थित क्लवको खेलमैदानमा बैशाख ५ गते देखि सुरु गर्दै आएको छ ।

बिहिबार आज दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताइएको छ । उक्त सस्कृतीक कार्यक्रममा गायिका सम्झना लामिछाने मगर, गायक अर्जुन सापकोटा, गायिका कामना वली, गायक तथा उद्घोषक राजेश भण्डारी, हास्य कलाकार हुकुमबाबू ओली डान्सर संगिता पुनमगर लगाएतका कलाकारहरुद्धारा बेजोड प्रस्तुती राखिएको त्यँहा पुग्नु भएको हाम्रा सहकर्मी किरणबाबु वलीले बताउनु भएको छ ।

- Advertisement -
Ad image

यहि बैशाख ५ गते क्लवका कार्यवाहक अध्यक्ष हिरालाल खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्द रहनु भएको थियो भन,े उक्त कार्यक्रमको बिशिष्ट अतिथिमा परिबर्तन गाँउपालिका अध्यक्ष सुक बहादुर बुढा रहनु भएको थियो ।

वार्षिकोत्सवको अवसर पारेर क्वलले पालिका स्तरीय खुल्ला पुरुष भलिबल, महिला भलिबल, लोक दोहोरी, एकल तृत्य, लोक गित लगाएत प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको क्वलका उपाध्यक्ष लोकेन्द्र डाँगीले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array