Ad image

एक हप्ते फेसन डिजाइन तालिमको लिबाङमा उद्धघाटन

मालश्री खवर
मालश्री खवर ६ बैशाख २०८१, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, बैशाख ५ रोल्पा ।
एक हप्ते फेसन डिजाइन तालिमको बिहिबार लिबाङमा उद्धघाटन गरिएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ रोल्पाको आयोजना एंव जलजला कपडा तथा सिलाइ व्यवसायी संघ लिबाङ रोल्पाको समन्वयमा तालिमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।


नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ रोल्पाका कार्यवाहक अध्यक्ष राजेन्द्र परियारको अध्यक्षतामा, रोल्पा नगरपालिका वडा न.२ का वडा अध्यक्ष प्रकाश डाँगीको प्रमुख आतिथ्यता र घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद शर्माको बिशिष्ट आतिथ्यतामा तालिमको उद्धघाटन गरिएको बताइएको छ ।


उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका वडा न. २ का वडा अध्यक्ष प्रकाश डाँगीले एक हप्ते फेसन डिजाइन तालिममा सहभागी सबैले अत्यन्तै मेहन्त गरेर सिप सिक्नु पर्ने बताउनु भएको छ । म पनि आज कुही कुरा सिकेर भोली फेसन डिजाइनर प्रशिक्षक बन्छु भन्ने लक्ष्य लिएर यो एक हप्ताको समयलाई सदुपयोग गर्न सुझाब दिनु भएको छ । समाज आधुनिक्तामा गए सँगै फेसन डिजाइनमा पनि नँया—नँया आएको भन्दै अध्यक्ष डाँगीले अव सिलाइ कटाईको सिप सँगै फेसन डिजाइनको पनि सिप अनिबार्य सिक्न आवश्यक रहेको समेत बताउनु भएको छ ।


कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद शर्माले कुनै पनि सिप सिक्नको लागी झर्को नमानेर निरन्तर मेहन्त गरेर सिप सिक्न सकेमा एक दिन अवश्य सफल भैइने बताउनु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले पनि समय—समयमा यस्ता प्रकारको सिलाइ कटाई सम्बन्धी प्रशिक्षण दिनुका साथै मेसिन औजार सहयोग गर्दै आएको बताउदै कार्यालय प्रमुख शर्माले यदि कसैलाई आवश्वक परेको खण्डमा आफ्नो कार्यालयमा सम्पर्क राख्न पनि अनुरोध गर्नु भएको छ ।

- Advertisement -
Ad image


सोही कार्यक्रममा बोल्दै नेपाल नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघकी सह–कोषाध्यक्ष तथा सूचना तथा सञ्चार प्रबिधी प्रमुख र राष्ट्रिय प्रशिक्षक मन्जु कार्कीले यो सात दिनको समयमा आत्मै देखी म केही गर्छु, सिकेरै छाड्छु, भन्ने उदेश्य लिने हो भने यो समयमा धेरै कुराहरु सिक्न सकिने बताउनु भएको छ । सिकाउने भन्दा सिक्ने जति धेरै सक्रिय भयो त्यतिनै यो कार्यक्रमको महत्व र अर्थ रहने समेत बताउनु भएको छ ।


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरले प्रशिक्षको काम भनेको बाटो देखाउने मात्रै भएको कुरा बताउदै, देखाएको बाटोमा कसरी हिड्ने भन्नेमा आफुमा निर्भर रहने बताउनु भएको छ । यो सात दिनेको समयमा प्रशिक्षकले देखाएको र सिकाएको बाटोमा सहभागिहरु सबै सहि बाटोमा हिडेर धेरै सिप र ज्ञाप हासिल गर्नेमा आफू बिश्वस्त भएको समेत बताउनु भएको छ ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सचिव तथा रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका प्रेम बहादुर बिष्ट, रोल्पा समाचार राष्ट्रिय साप्ताहिकका प्रतिनिधी खुम बहादुर सुनार लगाएको समेत आतिथ्यता रहेको थियो ।

बिहिबार देखि सुरु भएको एक हप्ते फेसन डिजाइन तालिममा रोल्पा जिल्ला स्थित बिभिन्न स्थानमा सिलाइ कटाई पेशामा आबद्ध व्यक्तिहरुको सहभागिता रहेको छ ।कार्यक्रमको सञ्चालन नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ रोल्पाका सचिव मन बहादुर नेपालीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array