Ad image

रोल्पामा नमुना विद्यालयहरूको असल अभ्यास आदान-प्रदान

मालश्री खवर
मालश्री खवर ३० चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर/चैत ३० गते रोल्पा ।

शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाद्वारा जिल्लाका ८ वटा नमुना विद्यालयका प्रअ, विव्यस अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरूको समुपस्थितिमा नमुना विद्यालयले गरेका असल अभ्यास आदान प्रदान कार्यक्रम समपन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइले संयोजन गरेको उक्त कार्यक्रममा सबै नमुना विद्यालयले आफुले गरेका असल अभ्यासको प्रस्तुती गरेका थिए ।

त्रिपुरेश्वरी मावि खुङ्ग्री, जनजागृती मावि जुगार, नेपाल मावि कोटगाउ, जनसेवा मावि राङ्सी, नेपाल राष्ट्रीय मावि राङ्कोट, बालकल्याण मावि लिबाङ, वीरभद्र मावि थबाङ, सिद्धार्थ मावि घोप्टेओडार गरी ८ वटा नमुना विद्यालय रहेकाछन ।

- Advertisement -
Ad image

कार्यक्रममा असल अभ्यास आदान प्रदानबाट एक विद्यालयले गरेका असल एवं उत्कृष्ट काम अर्को विद्यालयले अनुसरण गर्न सकिने र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।

प्रस्तुत भएको असल अभ्यासहरूलाई इकाइले अन्य विद्यालयमा प्रयोग गर्न प्रोत्साहन गर्ने साथै अभिलेख कायम गरी सार्वजनिक गर्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले जानकारी दिनुभयो  । शिक्षामा गुणस्तर अभिवृद्धिको सर्वत्र चासो भइरहेको समयमा जिल्लाका नमुना विद्यालयहरूको असल अभ्यास आदान प्रदानले राम्रो काम गर्ने विद्यालयहरूलाई हौसला मिल्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array