Ad image

नयाँ बर्षको सुरुवात र जंक फूड नियन्त्रण सम्बन्धि एक सन्देश

मालश्री खवर
मालश्री खवर ३० चैत्र २०८०, शुक्रबार
3 Min Read
Aa

रोशन खड्का/चैत ३० गते रोल्पा ।

नयाँ वर्ष सुरु हुदैछ। नयाँ वर्ष संगै नयाँ शैक्षिकसत्र पनि सुरु हुनेछ । विद्यालयमा विद्यार्थीलाई कसरी पास गराउने,शैक्षिक गुणस्तर कसरी बढाउने भन्ने हामी सबैलाई चासो छ,चिन्ता छ ।

यो संगै हामीहरू संग अर्को ठुलो चुनौती छ । “कलिला बालबालिकाहरुलाई जंक फूडको सिकार हुन बाट बचाउनु छ ।´´ स्वस्थ समाज र मजबुत राष्ट्र निर्माणको लागी यो अपरिहार्य विषय पनि हो । विद्यालय जाने अधिकांश विद्यार्थीहरुले प्रत्येक दिन कम्तीमा एकपटक जंक फूड सेवन गरेको देख्न सकिन्छ ।

जंक फूडले बालबालिकामा के के असर गर्छ?

- Advertisement -
Ad image

१. मुटु, मिर्गौला, दात ,मस्तिष्क आन्द्रा,साथै पाचन प्रणालीमा असर पुर्याउछ ।
२. अनिन्द्रा(sound sleep को अभाव ),थकान
सिकाई क्षमतामा कमि आउछ ।
३. धेरै जंकफूड को सेवन गर्ने व्यक्ति बिरामी पर्दा औषधिले राम्रोसंग काम गर्दैन ।
४. आत्मा विश्वासमा कमि आउछ , ध्यान केन्द्रित गर्ने क्षमता हराउदै जान्छ ।
५.सम्झिनसक्ने क्षमता हराउदै जान्छ, चादै विर्सने हुन्छ ।
६.दिर्घकालीन रोगको सिकार हुने सम्भावना बढेर जान्छ, शारीरिक दुर्बलता निम्त्याउछ, कुनै पनि शारीरिक काम गर्दा धेरै थकाइ लाग्ने हुन्छ ।

महत्त्वपूर्ण कुरा त के छ भने जंक फूड सेवन गर्ने आजको बालबालिकालाई लिएर भोलीको स्वस्थ समाज र मजबुत राष्ट्रको कल्पना गर्न सकिदैन । जंक फूड सेवन गर्ने लत बसेका बालबालिकाहरुलाई उक्त लत छुटाउन पनि त्यतिकै गाह्रो हुन्छ ।असम्भव पक्कै छैन ।

विद्यालय एक्लैले भने सक्दैन । विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यालय तथा सचेत शिक्षक शिक्षिकाहरुको टोलिले मात्र यो कार्य पुरा गर्न सक्छ ।

विद्यालयमा चुनौती छ । इतिहास साँची छ । जहाँ विद्यालय छ । त्यहाँ नजिकै दोकान छ सायद विद्यार्थी-बालबालिकाहरु ग्राहक हुन, दोकानेलाई चाउचाउ र चिजबल बेच्नुछ । यस्तो अवस्थामा आवाज कस्ले उठाउने । देश र विदेशमा रहेका अभिभावकहरु जो देशको भविष्यलाई लिएर कहिलेकाही चिन्तन गर्छन् । त्यस्ता अभिभावकहरु झन जागरुक भएर लाग्नु पर्ने हुन्छ ।

अभिभावकलाई सुझाव:
अब बालबालिकाहरुलाई स्कुल पठाउदा केहि रकम दिदै चाउचाउ, विस्कुट चक्लेट,चटपटे,पानी -पूरी, कोलड्रीङ्स आदि जस्ता कुराहरु खानु भनेर नभन्नु होला । बजारबाट लिएको आटामा पौस्टिक तत्व एकदमै न्यून हुन्छ । गाउघरकै मिलमा गहुँ पिस्नुहोला स्मार्ट बन्ने निहुँमा पिसाउदा गहुँको छोक्रा नफाल्नु होला ।

गहुँ – कोदोको रोटी , मकैको खाजा स्कुलमा लगेर खान उत्प्रेरित गर्नुहोला । विद्यालयमा पनि उक्त वातावरणमा सिर्जना गराउन भन्नु होला । सरकारको पनि यो कार्यक्रम रहिआएको छ । यस विषयमा विद्यालय र अभिभावक सचेत हुन जरुरी छ । सचेत हुनुहोला । मलाई थाहा छ तपाईको छोरा-छोरी अस्वस्थ होस भन्ने पक्कै चाहनु हुन्न्न । किनभने यो कुरा म पनि चाहन्न । घरमा भन्नुस्, विद्यालयमा भन्नुस् , सक्नुहुन्छ भने “विद्यालय वरपरको वातावरणमा निरीक्षण गर्नुस´´। यस्ता कुराहरु अरु संग सेयर गर्दै जनचेतना फैलाउनुस ।
`नयाँ वर्षको अग्रिम शुभकामना´

लेखक खड्का बुद्धि विकास मा.वि तथा प्राविधिक विद्यालय गंगादेव, रोल्पाका रसायन शास्त्र बिषयको शिक्षक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array