Ad image

लिबाङमा गजल महफिल कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर २९ चैत्र २०८०, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, चैत्र २९ रोल्पा ।

लिबाङमा आज गजल महफिल २ कार्यक्रम सम्पन्न भएको छ । माडी, जलजला र सुनछरी रोल्पाको सान, कला,साहित्य सिक्ने सिकाउने हाम्रो अभियान भन्ने मुल नाराको साथ सहिद स्मृति साहित्य प्रतिष्ठान रोल्पा आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सहिद स्मृति साहित्य प्रतिष्ठान रोल्पाका अध्यक्ष आभाष खड्काको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य रहनु भएको थियोे । विशिष्ट अतिथीमा समाजसेवी, राजनीतिज्ञ तथा साहित्यकार कृष्ण बहादुर घर्ती मगर रहनु भएको थियोे ।

रोल्पा नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा कवि पुरण क्षेत्री,ललित साहित्य परिषद रोल्पाका महासचिव चन्द्रज्योती सुवेदी,राप्ती साहित्य परिषद रोल्पाका अध्यक्ष कविता उपाध्याय,नेपाल मुक्तक प्रतिष्ठान रोल्पाका अध्यक्ष देवी गुरुङ,वरिष्ठ साहित्यकार डीबी घर्ती मगर,नेपाल लेखक संघ रोल्पाका अध्यक्ष गोकर्ण पुनमगर नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर,नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द,नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढा मगर,नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काँशीराम डाँगीको आतिथ्यता रहेको थियो । यस्तै वरिष्ठ चित्रकार रामचन्द्र श्रेष्ठ,राप्ती साहित्य परिषद सल्यानका उपाध्यक्ष तारादेव शर्मा,आधुनिक गायक इन्द्र पाखे मगर,राष्ट्रिय भुमि आयोग रोल्पाका निवर्तमान सदस्य मोहन परियार लगायतको पनि आतिथ्यता रहेको थियोे ।

- Advertisement -
Ad image

सहिद स्मृति साहित्य प्रतिष्ठान रोल्पाका सदस्य चम्फा घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले आफ्नो रोल्पा गजल महफिल पहिलो अनुभव भएको बताउदै,समाजमा भएका राम्रा नराम्रा सबै कुरा लेख्ने काम गजलकार साहित्यकारको कर्म भएको बताउनुभयो।उहाँले कला संस्कृति लगायतमा पनि गजलले महत्त्वपूर्ण राख्ने भएकोले साहित्य क्षेत्र एक ऐना भएको समेत दाबी गर्नु भएको छ ।

विशिष्ट अतिथी समाजसेवी,राजनीतिज्ञ तथा साहित्यकार कृष्ण बहादुर घर्ती मगरले गजल सबैको उत्कृष्ट भएको बताउदै,समय सान्दर्भिकता र समाज भएका घटनाहरुलाई टपक्क टिपेर अक्षरमा औन्याउने काम गजलकारले गर्ने गरेको बताउनुभयो । गजलकारहरु दाङ जिल्लाका कपिलमणी,रोल्पा जिल्लाका दिलकुमारी बुढामगर,प्युठान जिल्लाका लालिमाया थापा र रुकुम जिल्लाका जि.एम.दिपु देपेन्द्र रहेका थिए भने सहजकर्तामा सन्तोष हरदम मगर रहनु भएको थियोे।रोल्पा गजल महफिल २ कार्यक्रममा सहभागी चार गजलकारहरुले पहिलो चरण,दोस्रो चरण र तेस्रो चरण गरी पाँच पाँच ओटा गजल प्रस्तुत गरेका थिए ।

राप्ती साहित्य परिषद सल्यानका उपाध्यक्ष तारादेव शर्माले समेत गजल प्रस्तुत गरेका थिए।कार्यक्रमको सञ्चालन दिपक पुन मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array