Ad image

लुम्बिनीका मुख्यमन्त्री महरा इद मिलनमा सहभागी

मालश्री खवर
मालश्री खवर २९ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर /चैत २९ गते रोल्पा ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा इद मिलन कार्यक्रममा सहभागी भएका छन् । उनले शिवराज नगरपालिका ५ चन्द्रौटामा इद मिलन कार्यक्रममा सहभागी भएर एकअर्कामा सद्भाव साटासाट गरेका हुन् ।

इस्लाम धर्मावलम्बीको महत्त्वपर्ण पर्व इद-उल-फित्र इदको अवसरमा इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।

‘विविधताले रंगिएको नेपाली समाजमा विभिन्न जाति र समुदाय विशेषले मनाउने पर्व र उत्सवहरू सबैका साझा पर्व हुँदै गएका छन् । एउटा समुदायले मनाउने पर्वमा अर्को समुदायले पनि खुसियाली साटासट गर्न, मेलमिलाप र भातृत्वको भावना बलियो बनाउन भुमिका खेल्दै आएका छन्’ उनले भने,’संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा सबै जाती र समुदायको उत्थान र सांस्कृतिक विकासको लागि आवश्यक प्रवन्ध गरिएको हुँदा संविधान बमोजिम सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त सांस्कृतिक अधिकारको उपभोग गर्ने तथा दायित्व बोध गर्ने अवसरसमेत तयार हुने हुँदा लोकतान्त्रिक समाज संस्थागत र बलियो हुनुका साथे शासकीय व्यवस्थाप्रति अपनत्व महसुस हुन्छ ।’

- Advertisement -
Ad image

 

#देश सञ्चार/ दशरथ घिमिरे

प्रतिक्रिया दिनुहोस्

Array